२०७९, ३ भाद्र शुक्रबार

वडाध्यक्षसहित नेकपा एस प्रवेश

डबली खबर     फाल्गुन २४ २०७८ २२:०५

nekapa ekikrit samajwadi
Diyo Pathshala Montessori

नुवाकोट- बेलकोटगढी नगरपालिका वडा नम्बर १ मा वडाध्यक्षसहित सयौं सदस्य नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

मंगलबार आयोजित कार्यक्रममा बेलकोटगढी नगरपालिका वडा नम्बर १ मा एमालेबाट वडाध्यक्षमा निर्वाचित सुब्बा तामाङको नेतृत्वमा २ सय ९५ जना एमालेका नेता तथा कार्यकर्ताहरु नेकपा एकीकृत समाजवादिमा प्रवेश गरेको एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा पुर्व सांसद राजेन्द्र प्रकाश लोहनीले जानकारी दिए ।

एकीकृत समाजवादी प्रवेश गर्नेहरुमा वडा नम्बर १, २, ३, ४, ७, ११ र १३ वडाका नेता तथा कार्यकर्ताहरु रहेका छन् ।

यस्तै, कार्यक्रममा नै नेपाली काँग्रेस परित्याग गरि श्रीराम पाण्डेको नेतृत्वमा २२ जना एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएको छ ।

पार्टी प्रवेश गर्नेहरुलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले टीका लगाएर पार्टी प्रवेश गराएका थिए ।

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top