२०८१, ७ बैशाख शुक्रबार

संगमद्वारा साकोस प्रोवेसन अभिमुखिकरण कार्यक्रम

डबली खबर     फाल्गुन १८ २०७८ १९:५०

sangam NEFSCUN program
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – संगम सहकारीले पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोवेसन)मा आबद्ध हुन बुधबार एक अभिमुखीकरण कार्यक्रम गरेको छ ।

बुधबार सहकारीले आफ्ना कार्यसमिति सदस्य र कर्मचारीहरुलाई बचत तथा ऋण सहकारीहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले सञ्चालन गरेको प्रोवेसन कार्यक्रमबारे जानकारी दिन उक्त कार्यक्रम गरेको सहकारीका अध्यक्ष नारायण श्रेष्ठले बताए ।

“राष्ट्रियस्तरमा संगम सहकारीको स्तरीकरणको लागि छिट्टैनै नेफ्स्कुनले सञ्चालन गरको उक्त कार्यक्रममा आबद्ध हुन लागिरहेका छौं”, उनले भने “नुवाकोट जिल्लामै पहिलोपटक नेफ्स्कूनको प्राविधिक सहयोगमा उक्त कार्यक्रम गरेका हौं ।” कार्यसमितिको बैठकबाट प्रोवेसनमा जाने निर्णय भएपश्चात् केहि सातामै प्रोवेसनमा सहकारीलाई लगिने उनले बताए ।

नेफ्स्कुनले सहकारी विभागको सहकार्यमा सदस्य साकोसको दीगो विकास, व्यावसायिकरण र गुणस्तर सुनिश्चितताका लागि नेपालस्तरको पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोवेसन) गर्दै आईरहेको नेफ्स्कुनका साकोस प्रोवेसन कार्यक्रम संयोजक सन्दिपराज ढकालले बताए ।

सहकारी संस्थालाई वित्तीय रुपमा सुरक्षित, सबल र दिगो बनाउन नेफ्स्कूनले सञ्चालन गरेको साकोसहरुको गुणस्तर प्रमाणीकरण सम्बन्धी कार्यक्रम प्रोबेसनमा सहभागी हुन पाउने जनाएको छ । 

के हो प्रोवेसन ब्रान्ड ?

साकोसको संख्यात्मक वृद्धिसँगै गुणात्मक विकास गर्ने उद्देश्यकासाथ पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोवेसन) ल्याइएको हो। यस कार्यक्रममा सफलता प्राप्त गर्ने साकोसको गुणस्तरको प्रमाणीकरण सहकारी विभाग र नेफ्स्कुनमार्फत संयुक्त रूपमा गरिन्छ। 

यसले साकोसको वित्तीय अवस्था मापन एवं सुनिश्चितताको लागि विशेषतः दुईवटा क्षेत्र र सोको परीक्षणको लागि दुईवटा औजारको पर्ल्स र हिमालको प्रयोग हुन्छ। वित्तीय क्षेत्रको विश्लेषण एवं मापनको लागि पर्ल्स प्रणालीको प्रयोग गरिन्छ भने व्यवस्थापकीय क्षेत्रको मापनको लागि हिमाल विश्लेषण प्रणालीको प्रयोग गरिन्छ। 

यस कार्यक्रमको अवधि सुरुमा एक वर्ष र त्यसपछि संस्थाको आवश्यकता र क्षमताको आधारमा निरन्तर गरिने प्रावधान छ।

प्रोवेसनमा सहभागी हुन के गर्नुपर्छ ?

प्रोवेसन ब्रान्डका लागि नेफ्स्कुनले निश्चित मापदण्ड बनाएको छ। यस ब्रान्डमा सहभागी हुन सहकारीको कुल सम्पत्ति पाँच करोडभन्दा बढी कारोबार भएको हुनुपर्छ।

त्यस्तै संस्थामा कम्तीमा तीन जना कर्मचारी भएको र तीन वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्ने प्रावधान छ। नेफ्स्कुनले कम्तीमा पाँच सय सदस्य पुगेको हुनुपर्ने प्रावधान राखे पनि सदस्यमा लचिलो देखाएको छ। सदस्यता विस्तारमा प्रतिबद्वता जनाए पाँच सयभन्दा कम सदस्य भएकाले पनि प्रोवेसनमा सहभागी हुन पाउँछन्।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top