नुवाकोट – सहकारी संस्थाले प्रवाह गर्ने कर्जाको अधिकतम ब्याजदर १६ प्रतिशत कायम भएको छ ।
ब्याजदर निर्धारण समितिको बैठकले यसअघिको १४ दशमलव ७५ प्रतिशत सन्दर्भ ब्याजदरलाई परिवर्तन गर्दै १६ प्रतिशत ब्याजदर तोकेको हो ।
यस अघि सन्दर्भ ब्याजदर १४ दशमलव ७५ प्रतिशत थियो ।
तत्कालको लागि १६ प्रतिशत कायम भएको र बैंकहरुको बेसरेट आएपछि पुनः पुनरावलोकन हुने समितिले जानकारी दिएको छ ।
गतसाता सहकारीको सन्दर्भ ब्याजदर बढाउन दबाब कार्यक्रम स्वरूप देशभर जिल्ला अधिकारीमार्फत् सहकारी मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउनुको साथै विरोध कार्यक्रम गरेको थियो ।
प्रतिक्रिया