२०८१, ८ बैशाख शनिबार

ब्याजदर बढाउनुपर्ने माग राख्दै सहकारी संघले बुझाए ध्यानाकर्षण पत्र

डबली खबर     फाल्गुन ११ २०७८ १७:२१

Cooperative Union submits letter demanding attention to increase interest rate
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – जिल्ला सहकारी संघले चार बुँदे मागसहित जिल्ला अधिकारीमार्फत् सहकारी मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

सहकारीमा तोकिएको ब्याजदरको रुपमा क्यापिङ गरिएको हुदाँ सहकारीको सम्पत्ति दायित्व व्यवस्थापनमा चुनौतीपूर्ण बनेकोले कारोबारमा गम्भीर असर पुगेकोले ब्याजदर पुनरावलोकनको लागि मन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

बुधबार संघका अध्यक्ष गोकर्णनाथ न्यौपानेको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको पदाधिकारीको टोलीले जिल्ला अधिकारी नारायणप्रसाद रिसालमार्फत भूमि व्यवस्था सहकारी तहत गरिबी निवारण मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

सहकारी ऐन र नियमावलीमा भएको सन्दर्भ ब्याजदर सम्बन्धि व्यवस्था अव्यवहारिक भएको हुदाँ खारेज गरिनुपर्ने र खुल्ला बजार व्यवस्था अनुरुप ब्याजदर निर्धारण गर्ने विधि अनुरुप बढीमा ६ प्रतिशत स्प्रेडदर कायम गरि व्याजदरलाई स्वचालित परिवर्तन हुने विधिको व्यवस्था मिलाउनुपर्ने पर्ने पत्रमा उल्लेख छ ।

हाल सहकारीको सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत छ । तर, वाणिज्य बैंकहरुले फागुन १ गतेदेखि निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिन सुरु गरेपछि सहकारीलाई १४.७५ प्रतिशत ब्याजदर कम हुने राष्ट्रिय सहकारी महासंघको तर्क छ । यसबाट सहकारीको पैसा बाहिरिएर व्यवसाय नै संकटमा पर्ने खतरा देखिएको भन्दै महासंघको टोलीले रजिष्ट्रारलाई तत्काल सहकारीको सन्दर्भ ब्याजदर बढाउन दबाब कार्यक्रम स्वरूप देशभर जिल्ला अधिकारीमार्फत् पत्र बुझाएका हुन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top