२०८१, ११ बैशाख मंगलवार

स्वर्गिय नेता गणेश पण्डितको जीवनीमा आधारीत पुस्तक प्रकाशन हुदैं

डबली खबर     फाल्गुन १० २०७८ १०:५०

ganesh pandit biographic book
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – बामपन्थी नेता स्वर्गिय नेता गणेश पण्डितको जीवनीमा आधारित पुस्तक प्रकाशन हुने भएको छ ।

पण्डितको स्मृतिमा स्थापित “गणेश पण्डित स्मृति केन्द्र” ले स्व. पण्डितको व्यक्तिगत जीवनीदेखि सामाजिक, शैक्षिक, राजनैतिक जीवनी पुस्तकमा समेटिए पुस्तकको तयारी अन्तिम चरण पुगेको केन्द्रका अध्यक्ष कुमार पण्डितले जानकारी दिए ।

सोमबार विदुरमा केन्द्रद्वारा आयोजित पत्रकार सम्मेलनमा स्मृति केन्द्रको औपचारिक स्थापनाको जानकारीको साथै केन्द्रको उदेश्य र कार्य योजनाहरुको बारेमा जानकारी गराएको थियो ।

कार्यक्रममा पूर्वप्रशासक तथा इतिहासकार रेशमबहादुर पाण्डेले सरकारले स्वर्गिय पण्डितको योगदानलाई कदर गर्दै राष्ट्रिय व्यक्तित्व घोषणा गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

स्वर्गीय पण्डित नुवाकोटको बाम आन्दोलनमा अग्रणी नेतृत्वकर्तामा मानिन्छ । वि.सं. २०४८ सालमा सांसदसमेत बनेका नेता पण्डितले मुलुकको शिक्षा, विकास र विभेद उन्मुलनको निम्ति महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । वि.सं. २००३ साउनमा नुवाकोटको शिखरबेसीमा जन्मेका नेता पण्डितको हृदयघाटका कारण २०७६ साल फागुन २१ गते निधन भएको थियो ।

स्मृति केन्द्रको उपाध्यक्षमा बालकृष्ण आचार्य, सचिवमा नरहरि पण्डित, कोषाध्यक्षमा दिनेश पण्डित रहेका छन् । यस्तै, सदस्यहरुमा शिबहादुर भण्डारी, इन्द्रबहादुर पण्डित, रामप्रसाद प्याकुरेल, दामोदर थापा, ध्रुवप्रसाद मिश्र, कमला महत, बन्दना पण्डित, कल्पना गौतम र आस्था पण्डित रहेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top