२०८१, १४ बैशाख शुक्रबार

मेरो माइक्रोफाइनान्सद्वारा आर्थिक सहयोग

डबली खबर     फाल्गुन ९ २०७८ ०८:१२

mero microfinance
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – मेरो माइक्रोफाइनान्सको शाखा कार्यालय मनमैजुद्वारा प्रवर्धित तारकेश्वर नगरपालिका-४ लोलाङ्ग स्थित जितगुरु गणेश महिला केन्द्रलाई आर्थिक सहयोग गरेको छ । फाइनान्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार महिला केन्द्रलाई केन्द्र घर बनाउन सहयोग गरेको हो ।

संस्थाले मनमैजु शाखाका प्रबन्धक चक्र बहादुर लामा महिला केन्द्रका प्रमुख उमा देवी भण्डारीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरण कार्यक्रममा केन्द्रका प्रमुख भण्डारीले समुहमार्फत संस्थाले महिलाहरुको उत्थानका लागि विभिन्न सामाजिक क्रियाकलापहरुमा सहयोग गर्दै आएकोमा लघुबित्त प्रती आभार प्रकट गरे ।

त्यस्तै संस्थाका शाखा प्रबन्ध लामाले महिलाहरु समुहमा आबद्ध भई आर्थिक उपार्जन गरेर महिलामा सशक्तीकरण हुनुको साथै समाज बिकासमा परिवर्तन आएको समेत बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top