२०७९, ११ मंसिर आईतवार

उपसभामुख तामाङद्वारा शैक्षिक सामाग्री वितरण

डबली खबर     फाल्गुन ८ २०७८ १३:५३

radhika tamang shera smrit shikshya pratisthan
nuwakot health dengue
Diyo Pathshala Montessori
bidur tax
trishuli web design

नुवाकोट – बागमती प्रदेशसभाकी उपसभामुख राधिका तामाङले शिवपुरी गाउँपालिकाका दुई विद्यालयका ६४ जना विद्यार्थीहरुललाई शैक्षिक सामाग्री वितरण गरेकी छिन् ।

बिहीबार शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानका संरक्षक समेत रहेकी उपसभामुख तामाङले मैदान र मंगलादेवी आधारभूत विद्यालयका उक्त शैक्षिक सामाग्री वितरण गरेकी हुन् ।

आफ्ना दिवंगत बुवा शेरबहादुर तामाङ र आमा राम्री तामाङको स्मृतिमा स्थापना भएको र बुवाको ११ औं वार्षिकीको सन्दर्भमा ४८ जना विद्यार्थीलाई आवश्यक पर्ने विद्यालय झोला, कापी, सिसाकलम लगायतका सामाग्री वितरण गरेकी उनले जानकारी दिईन् ।

सामाग्री वितरण गर्दै उपसभामुख तामाङले आफू आत्मिक कुरामा त्यति विश्वास नगर्ने भएकोले पुजा पाठ गर्नु भन्दा बुबाआमाको नाममा प्रतिष्ठान बनाएर थोरै भए पनि स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्दै आईरहेको बताईन् ।

उपलब्ध गराईएको शैक्षिक सामाग्रीहरुमा कापी र सिसाकलमहरु समाजसेवी गार्दिका बज्रचार्यले आफ्ना मित्र शान्तिराम कार्कीको कोभिड–१९ का कारण मृत्यु भएको र उनको सम्झना र सम्मानमा उपलब्ध गराएकी हुन् ।

त्यसै गरी मंगलादेवी आधारभूत विद्यालयमा पनि १६ जना विद्यार्थीका लागि झोला, कपी, सिसाकलम, सापनर र इरेजर वितरण गरिएको छ ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top