२०७९, ३ भाद्र शुक्रबार

एमसीसी विरुद्ध नुवाकोटमा पनि प्रदर्शन

डबली खबर     माघ २७ २०७८ ०६:४२

Demonstration against MCC in Nuwakot Bidur
Diyo Pathshala Montessori

विदुर – मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्न माग गर्दै युवाहरुले नुवाकोटको बट्टारमा विरुद्ध प्रदर्शन गरेका छन् ।

बुधबार राष्ट्रघाती सम्झाैता नगर्न दवाव दिदैं स्वतन्त्र विद्यार्थी, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीका युवाहरुको संयुक्त आयोजनामा सो प्रदर्शन भएको हो । एममसीसी राष्ट्रहित बिपरित भएकाले यसको अविलम्ब खारेजीको माग समेत उनीहरुले गरेका छन् ।

युवाहरुले एमसीसीका कतिपय बुँदाहरु राष्ट्रहित विपरीत भएकोले देशको स्वाधीनता र नेपालीको स्वाभिमानसँग सम्झौता गर्न नहुने भन्दै विभिन्न प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरिएको युवा नेता पूर्णमान श्रेष्ठले बताए ।

युवाहरुले एमसीसी खारेज गर, ५५ अर्बमा देश बेच्न पाइदैन, अमेरीकी हस्तक्षेप बन्द गर, अमेरीकी सेना चाहिदैन, राष्ट्रिय स्वतन्त्रता कायम गर जस्ता प्लेकार्ड प्रदर्शनसहित नारा लगाएका थिए ।

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top