२०८१, ८ बैशाख शनिबार

थानापति मन्दिरलाई धार्मिक पर्यटकीयस्थलको रुपमा सुचिकृत गर्न पुरातत्व विभागसँग माग

डबली खबर     माघ २४ २०७८ १९:५४

thanapati mandir
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – पौराणिक, धार्मिक, ऐतिहासिक महत्व बोकेको शिवपुरी गाउँपालिका-८ स्थित थानापति मन्दिरलाई धार्मिक पर्यटकीयस्थलको रुपमा सुचिकृत गर्न पुरातत्व विभागलाई मन्दिर व्यवस्थापन एवम् सरोकारवालाहरुले अनुरोध गरेको छ ।

थानापति मन्दिरमा निर्माण हुन लागेको धर्मशालाको शिलान्यास गदै नेकपा एमालेका केन्द्रीय सदस्य जगन्नाथ थपलियाले पौराणीण र ऐतिहासिक महत्व बोकेको मन्दिरलाई विशेष महत्व दिन विभागको ध्यानार्कषण गराएका हुन् । धर्मशालाको शिलान्यास गर्न थानापति पुगेका थपलियाले थानापति मन्दिरलाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्न सकिएमा आन्तरिक तथा बाह्रय पर्यटकीयहरुको उद्गमस्थलको रुपमा स्थापित हुने बताए । धर्मशाला निर्माण र मन्दिरलाई धार्मिक पर्यटनको हिसाबले आकर्षित गर्न सकिएमा स्थानीयहरुको आर्थिक विकासमा समेत टेवा पुग्ने बताए । विकासको पहिलो आधार सडक भएपनि मन्दिरसम्म आउने सडक जिर्ण भएकोले सर्वप्रथम सडकको स्तरउन्नती र धर्मशालामा थप आर्थिक रकम विनियोजन गर्नका निम्ति सरोकार निकायमा आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

धर्मशाला शिलान्यास कार्यक्रममा थपलिया समाजका केन्द्रीय अध्यक्ष डा. रामशरण थपलियाले थानापति मन्दिरलाई पर्यटकीय हबको रुपमा विकास गर्नुपर्ने बताए । सुइरेको चौर र थानापति मन्दिरलाई जोड्न सकिए धार्मिक पर्यटन भित्र्याउनको निम्ती निकै ठुलो सहयोग पुग्ने बताए ।अध्यक्ष थपलियाले धर्मशाला निर्माणका लागि थपलिया समाजमार्फत् आर्थिक सहयोग जुटाउन पहल गर्ने बताँउदै त्यसको निम्ती आफुले व्यक्तिगत तर्फबाट टोकन मनिको रुपमा ५० हजार रुपैंयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

धर्मशाला पुननिर्माण समितिका अध्यक्ष कृष्णप्रसाद थपलियाले निर्माणका क्रममा आफुले एक रुपयाँ पनि गलत तरिकाले खर्च नगर्ने बताउंदै रकम दुरुपयोग हुनेमा शंका नगर्न आग्रह गरे । मन्दिर निर्माणका लागि आफुले व्यक्तिगत रुपमा ४० बोरा सिमेन्ट सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

थानापति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर थपलियाले १ करोड ५० लाख बढी रकममा धर्मशाला निर्माण गर्न लागिए तापनि रकम अभाव रहेको भन्दै थप आर्थिक सहयोग गर्न सबैमा अपिल गरे ।

करिब १२ सय बर्ष पहिला आफ्नो नाममा भएको बिर्ता जग्गा सरकारले हरण गरेपछि न्याय पाउन नसकेर थानापति नाम गरेकी आमा र दामचन्द्रमाला नाम गरेका छोराले सोहि स्थानमा आत्मदाह गरेको किम्बदन्ती छ । उनीहरुले आत्मदाह गरेपछि आगोको धुवाँ राजाको दरबारसम्म पुगेको र के भएको भनि राजाले सेनालाई बुझ्न पठाउँदा उनीहरुले आत्मदाह गरेको भेटिएपछि राजा दु:खी बनेको उल्लेख छ । अन्याय र अत्याचारको बिरुद्धमा आवाज उठाएर आत्मदाह गर्ने थानापति दामचन्द्र मालाले आत्मदाह गरेको स्थानमा हजारौं बर्ष पहिलादेखि मन्दिर निर्माण गरेर पुजा गरिदै आइएको छ । प्रत्येक बर्ष धान्य पुर्णिमाको दिनमा थानापति मन्दिरमा भव्य मेला समेत लाग्ने गरेको छ ।

तत्कालिन मुख्य मन्त्री डोरमणी पौडेलका प्रमुख राजनैतिक सल्लाहकार रहँदा जगन्नाथ थपलियाले प्रदेश सरकारमार्फत् धर्मशाला निर्माणका लागि १८ लाख ७५ हजार रकम बिनियोजन गराएका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top