२०७९, २६ श्रावण बिहीबार

राप्रपामा सदस्यहरु मनोनीत

डबली खबर     माघ १७ २०७८ ११:४६

MP Lingden Ra Pra Pra
Diyo Pathshala Montessori

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्षसहित विभिन्न पदाधिकारी तथा विभागीय प्रमुख मनोनीत गरेका छन् ।

अध्यक्ष लिङ्देनले लमजुङका हेमजंग गुरुङ र सुर्खेतका मुकुन्दश्याम गिरीलाई उपाध्यक्षमा मनोनीत गरेका छन् । त्यसैगरी ओखलढुंगाका राजेन्द्र गुरुङ र मोरङका प्रल्हादप्रसाद साहलाई महामन्त्री नियुक्त गरेका छन् । 

लिङ्देनले भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाललाई पार्टीको प्रवक्तामा मनोनीत गरेका छन् ।

सहप्रवक्तामा प्रविनकुमार थोकर तामाङ, दिनेशकुमार साह, पूर्णबहादुर चन्दलाई नियुक्त गरेका छन् । सहमहामन्त्रीमा मोहनप्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रवीन्द्रप्रताप शाह, झनक प्याकुरेल, रीना गुरुङ र सहायक महामन्त्रीमा रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अली, दिपककुमार राईले जिम्मेवारी पाएका छन् ।

त्यसैगरी आर्थिक विभागमा दिनेश श्रेष्ठ, धर्म तथा संस्कृति समन्वय विभागमा पुष्पराज पुरुष, सूचना तथा प्रविधि विभागमा रविन चाम्लिङ, तराई/मधेस विभागमा रामप्रताप साह, अभिलेख तथा मूल्यांकन विभागमा मीना सुवेदी, सहकारी समन्वय विभागमा सुदर्शन थापालाई प्रमुख नियुक्त गरेका छन् ।

यसैगरी, रमानन्द न्यौपानेलाई केन्द्रीय सचिवालयको सदस्य सचिव पदमा मनोनयन गरिएको राप्रपाले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top