२०७९, १२ मंसिर सोमबार

नुवाकोटको जनसंख्या शुन्य दशमलव ५१ प्रतिशतले घटे, १५ हजार १२७ जना विदेश, औसतमा ४ जना बस्ने

डबली खबर     माघ १४ २०७८ ०५:३०


statistics population data of nuwakot district

नुवाकोट – केन्द्रीय तथ्यांक विभागले १२औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । प्रारम्भिक नतिजाअनुसार नुवाकोटका ११ हजार ५९९ पुरुष र ३ हजार ५२८ महिला गरी कुल १५ हजार १२७ जना विदेशमा रहेका छन् ।

प्रारम्भिक तथ्यांकअनुसार नुवाकोटको विदुर नगरपालिकामा सबैभन्दा बढि र म्यागङ गाउँपालिकामा सबैभन्दा कम जनसंख्या रहेको छ । नुवाकोटको जनसंख्या दश वर्षअघिभन्दा शुन्य दशमलव ५१ प्रतिशतले घटेको छ । केन्द्रिय तथ्याङ विभागले सार्वजनिक गरेको नतिजा अनुसार नुवाकोटको जनसंख्या घटेर २ लाख ६२ हजार ९८१ पुगेको छ । २०६८ सालको जनगणना अनुसार नुवाकोटको कुल जनसंख्या २ लाख ७७ हजार ४ सय ७१ रहेको थियो । हाल जिल्लामा पुरुषको भन्दा महिलाको संख्या बढी रहेको छ । नुवाकोट महिलाको संख्या १ लाख ३४ हजार १३२ रहेको छ भने पुरुषको संख्या १ लाख २८ हजार ८४९ पुगेको छ । अघिल्लो जनगणना अनुसार जिल्लाको जनसंख्या १४ हजार ४ सय ९० ले घटेको हो । नुवाकोटको वार्षिक वृद्धिदर सून्य दशमलव ५१ ऋणात्मक रहेको तथ्यांक सार्वजनिक भएको छ ।

Diyo Pathshala Montessori

घर संख्या

प्रारम्भिक तथ्यांकअनुसार नुवाकोट जिल्लामा कुल ६५ हजार ७३४ घर संख्या पुगेको छ ।

जसअनुसार बेलकोटगढीमा ९ हजार २४४, विदुरमा १३ हजार ९११, दुप्चेश्वरमा ५ हजार २३, ककनीमा ६ हजार १२, किस्पाङमा ३ हजार ८५३, लिखुमा ४ हजार ३७४, म्यागङमा ३ हजार ५९५ घर संख्या रहेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांकमा उल्लेख गरिएको छ । यस्तै, पञ्चकन्यामा ३ हजार ५३९, शिवपुरीमा ४ हजार ७९५, सुर्यगढीमा ३हजार ७७६, तादीमा ३ हजार ८६७ र तारकेश्वरमा ३ हजार ७३५ घर संख्या रहेको छ ।

स्रोत: राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा

परिवार संख्या

प्रारम्भिक तथ्यांकअनुसार नुवाकोट जिल्लामा कुल ६९ हजार १६० परिवार संख्या पुगेको छ । तथ्याङ्क अनुसार परिवारमा औसतमा करिव ४ जना बस्ने गरेका छन् ।

जसमा बेलकोटगढीमा ९ हजार ४६४, विदुरमा १५ हजार ६०४, दुप्चेश्वरमा ५ हजार १९५, ककनीमा ६ हजार ३८८, किस्पाङमा ३ हजार ९६९, लिखुमा ४ हजार ६०४, म्यागङमा ३ हजार ७५५ परिवार संख्या रहेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांकमा उल्लेख गरिएको छ । पञ्चकन्यामा ३ हजार ६२९, शिवपुरीमा ४ हजार ८७७, सुर्यगढीमा ३ हजार ८४२, तादीमा ४ हजार ३१ र तारकेश्वरमा ३ हजार ७९२ परिवार संख्या रहेको छ ।

स्रोत: राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा

स्थानीय तहअनुसारको जनसंख्या विवरण

राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार नुवाकोट जिल्लाको १२ स्थानीय तह मध्ये विदुर नगरपालिकामा सबैभन्दा धेरै जनसंख्या रहेको छ । तथ्यांकअनुसार विदुरको २९ हजार ४३ पुरुष र ३१ हजार ६८ महिला गरी ६० हजार १११ जनसंख्या रहेको छ ।

बेलकोटगढी नगरपालिकामा १७ हजार १३९ पुरुष र १८ हजार ६१ महिला गरी ३५ हजार २ सय, दुप्चेश्वर गाउँपालिकामा १० हजार ४७३ पुरुष र १० हजार ५४६ महिला गरी २१ हजार १९, ककनी गाउँपालिकामा ११ हजार ९६९ पुरुष र १२ हजार ३५४ महिला गरी २४ हजार ३२३ जनसंख्या रहेको छ । किस्पाङ गाउँपालिकामा ६ हजार ९२० पुरुष र ७ हजार २०२ महिला गरि १४ हजार १२२, लिखु गाउँपालिकामा ८ हजार ६४६ पुरुष र ९ हजार ९१ महिला गरी १७ हजार ७३७, म्यागङ गाउँपालिकामा ६ हजार ८६ पुरुष र ६ हजार ३३१ महिला गरी १२ हजार ४१७, पञ्चकन्या गाउँपालिकामा ६ हजार ७७१ पुरुष र ७ हजार ९३ महिला गरी १३ हजार ८६४ जनसंख्या रहेको छ ।

यस्तै, शिवपुरी गाउँपालिकामा ८ हजार ११५ पुरुष र ८ हजार ८६४ महिला गरी १६ हजार ९८९, सूर्यगढी गाउँपालिकामा ७ हजार २५६ पुरुष र ७ हजार ६७३ गरी १४ हजार ९२९, तादी गाउँपालिकामा ७ हजार ९११ पुरुष र ८ हजार १४४ महिला गरी १६ हजार ५५ र तारकेश्वर गाउँपालिकामा ६ हजार ६७० पुरुष र ७ हजार ४९४ महिला गरी १४ हजार १६४ जनसंख्या रहेको छ ।

नेपालको जनसंख्या

प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको छ । जनगणनाको प्रारम्भिक तथ्यांकानुसार पुरुषको तुलनामा महिलाको जनसंख्या बढी देखिएको छ । एक करोड ४२ लाख ९१ हजार ३११ जना पुरुष (४८.९६%) र एक करोड ४९ लाख एक हजार १६९ जना महिला (५१.०४%) देखिएको छ ।

राष्ट्रिय जनगणना–२०७८ नेपालको १२औँ र वि.सं. २०७२ मा जारी भएको नेपालको संविधानपछिको पहिलो जनगणना हो । यस जनगणनामा पहिलो चरणको स्थलगत कार्य ०७८ भदौ ३० देखि असोज १८ गतेसम्म र दोस्रो चरणको स्थलगत कार्य ०७८ कात्तिक २५ देखि  मंसिर ९ गतेसम्म सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया



Top