२०८१, १३ बैशाख बिहीबार

आज देशभरका अदालतमा शाेक बिदा

डबली खबर     माघ ९ २०७८ ०८:२७

supreme court of nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – आज आइतबार सर्वोच्च अदालतसहित देशभरका सबै अदालत बन्द रहने जनाएको छ । शनिबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।

सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा शोक विदा दिने निर्णय गरेको छ। पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा शोक मनाउनका लागि आइतबार सर्वोच्च, उच्च अदालत, विशेष अदालत र नेपालभरका अदालत न्यायाधीकरणहरूमा शोक बिदाका रूपमा आइतबारका लागि बन्द गर्ने निर्णय भएको सर्वोच्च प्रशासनका सहप्रवक्ता देवेन्द्र ढकालले शनिबार विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् ।

बुधवार निधन भएका शर्माको विदेशबाट छोरा आएपछि शनिवार अन्त्येष्टि गरिएको थियो । २०१६ सालमा सरकारी सेवामा प्रवेश गरेका शर्मा ३० चैत २०५४ देखि ३० मंसिर २०५६ सम्म प्रधानन्यायाधीश रहेका थिए।

सर्वोच्चले आफ्नो विज्ञप्तिमा शर्माले आफ्नो कार्यकालमा स्वतन्त्र न्यायपालिको मूल्य मान्यता स्थापित गर्न र न्याय तथा कानुन क्षेत्रको विकासका लागि अतुलनीय योगदान पुर्‍याएको उल्लेख गरेको छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top