२०८१, ७ बैशाख शुक्रबार

नुवाकोटमा एकसातामै ३१२ जना सङ्क्रमित थपियो

डबली खबर     माघ ८ २०७८ १५:०४

covid19 infected statistics of nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – पछिल्लो २४ घण्टामा नुवाकोटमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार सङ्क्रमित हुनेमा महिला २१ र पुरुष ३१ जना रहेका छन् । योसँगै जिल्लामा सक्रिय कोरोना सङ्क्रमित बिरामी ३१२ पुगेको छ । 

जिल्लामा एकसाता अवधिमा ६५९ जनाको परीक्षण गरिएकोमा ३१२ जना सङ्क्रमित भएका छन् । जसमा महिला १५२ र र पुरुष १६० जना रहेका छन् । कोभिड परीक्षण भएकोमा करिब ५० प्रतिशतमा सङ्क्रमण देखिएको छ । आईतबार २३, सोमबार ३१, मंगलबार ४४, बुधबार ७४, बिहिबार ३४, शुक्रबार ५४ र शनिबार ५२ जना सङ्क्रमित भएका छन् । यस्तै, गएको एकसातामा १३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

आईसोलेसनमा रहेका बिरामीहरुको तथ्याँक स्रोत: स्वास्थ्य कार्यालय नुवाकोट

हाल सङ्क्रमित हुने बिरामीहरु आईसियुमा १ जना, कोभिड वार्डमा ३ जना, अस्पतालमा ४ जना, सेन्टरमा १ जना उपचारत रहेका छन् । होम आईसोलेसनमा ३०७ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ जना कोरोनाबाट सङ्क्रमणमुक्त भएका छन् ।

अहिलेसम्म जिल्लामा कोरोनाबाट ५२ जनाको मृत्यु भएको छ भने ८ हजार ७१६ कोरोना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top