२०८१, १४ बैशाख शुक्रबार

त्रिशुली अस्पतालमा स्त्री तथा प्रसुती रोगको विशेषज्ञ सेवा अर्को सूचना नभएसम्मका लागि बन्द

डबली खबर     माघ ४ २०७८ १२:५३

district trishuli hospital nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – त्रिशुली अस्पतालमा स्त्री तथा प्रसुती रोगको विशेषज्ञ सेवा अर्को सूचना नभएसम्मका लागि बन्द भएको छ ।

मङ्गलवार एक सूचना जारी गर्दै अस्पतालले उक्त रोग विभागका तीन चिकित्सकमा कोभिड-१९ सङ्क्रमण देखिएकोले सामान्य उपचार सेवा बाहेक अन्य विशेषज्ञ सेवा बन्द भएको जनाएको छ । अस्पतालले अर्को सूचना जारी नभएसम्मका लागि सो विभागबाट प्रदान गरिने विशेषज्ञ चिकित्सकको सेवा हाललाई प्रदान गरिरहन असमर्थ भएको बताईएको छ ।

अस्पतालले सामान्य र पछि चेकजाँच गराउँदा पनि हुने प्रकृतिका बिरामीहरु अत्यावश्यक काम नभई अस्पताल नजानु हुन् तथा नियमित रुपम औषधी लिनुपर्ने सेवाग्राहीहरुले कोभिड विरुद्धको स्वास्थ्य मापदण्ड अपनाएर आउनुहुन अनुरोध गरेको छ ।

हाल त्रिशुली अस्पतालका विशेषज्ञ चिकित्सकसहित ३० स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top