२०८०, ५ आश्विन शुक्रबार
social securities awareness bidur municipality

लामटाङ राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुहरूले क्षति पुर्‍याएका परिवारलाई राहत वितरण

सरस्वती न्याैपाने     पुष ३० २०७८ १०:२६

lamtang national park rasuwa dabali khabar
pratik book and stationery center in nuwakot

रसुवा – लामटाङ राष्ट्रिय निकुञ्जकाे कार्यालयले निकुञ्जभित्र वन्यजन्तुहरूले क्षति पुर्‍याएका परिवारलाई राहत वितरण गरेकाे छ ।

निकुञ्जकाअनुसार गत साउनदेखि हालसम्म ४८ लाख १६ हजार ६ सय ५५ रूपैयाँ राहत प्रदान गरेकाे छ । राहत मध्ये भालुकाे आक्रमणबाट मानव उपचार खर्चमा सात लाख ९६ हजार ६ सय ५५ रुपैंयाँ, अन्नबालीतर्फ ३४ लाख २२ हजार रूपैयां एवम् पाल्तु चाैपाया नाेक्सानतर्फ पाँच लाख ९८ हजार प्रदान गरिएकाे बताईएकाे छ ।

अघिल्लाे बर्षहरूमा निकुञ्ज क्षेत्रमा भालुकाे आक्रमणबाट डेढ दर्जन जति मानिसहरू घाईते भएका थिए । पछिल्लोसमय पनि तीन जना मानिस भालुकाे आक्रमणमा परेका छन् । यस पाँच महिनाकाे अवधिमा १ हजार १७६ जना किसानकाे बँदेल तथा भालुकाे आक्रमणबाट ६० भन्दा बढि पशु चाैपाया मरेका छन् ।

निकुञ्जको कार्ययोजना अन्तरगत करिव ७५ लाख बराबरकाे रसुवाकाे राम्चे, यार्सा, नुवाकोटको तादि गाउँपालिकाकाे वडा नम्बर २ चिलाउने गाउँ क्षेत्रमा तारवार लगाउने काम सुरू भएकाे छ । मानव तथा वन्यजन्तुबिचकाे द्वन्द्व न्युनिकरण गर्न वन, जङ्गल र आवदि जमिनकाे सिमानामा तारवार लगाने कार्य अघि बढाईएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top