२०७८, १२ माघ बुधबार

सारथी सहकारीको कुल सम्पत्ति १० करोड नाघ्यो

डबली खबर     पुष २६ २०७८ १९:१७

IMG_5304 Saarathi Sahakari AGM
nuwakot trishuli graphic web media service 2020

नुवाकोट – सारथी बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १० करोड नाघेको छ । आर्थिक वर्ष २०७७/०७८ को असारमसान्तसम्ममा १० करोड ९६ लाख ७९ हजार ५११ रुपैयाँ पुगेको छ ।

सोमबार भएको सहकारीको नवौं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनका अनुसार सहकारीको शेयर पूँजी १ करोड ५५ लाख ३० हजार १०० रुपैया पुगेको छ । आर्थिकवर्ष २०७७/७८ सम्ममा ६५८ शेयरसदस्य रहेको छ ।

सहकारीको ऋण लगानी १० करोड ५० लाख रुपैया रुपैंयाँ पुगेको छ । सहकारीले गत वर्ष भन्दा ३९.१० प्रतिशत वृद्धि भइ ८ करोड ५० लाख ४१ हजार ९६२ रुपैंयाँ निक्षेप संकलन गरेको छ । जगेडा कोष तथा कोषमा १६ लाख ८८ हजार ५७४ रुपैंयाँ रहेको छ ।

सहकारीले खुद नाफा ३ लाख ३८ हजार ६८२ रुपैयाँ मुनाफा गर्न सफल भएको छ ।

साधारणसभाको उद्घाटन समारोहमा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रममा सहकारीअध्यक्ष गोकर्ण रोक्का, कोषाध्यक्ष राजकुमार नगरकोटी र लेखा सुपरिवेक्षण समितिका संयोजक रविन्द्र नेपालीले आआफ्नो प्रगति विवरण प्रस्तुत गरेका थिए ।

सहकारीले चालुआर्थिक वर्षमै स्थगित भएको रेमिट्यान्स सेवालाई पुन: संचालनमा ल्याउने जनाएको छ । शेयर तथा र बचत रकमको आधारमा इलेक्ट्रोनिक उपकरण खरिदको लागि ईएमआईको व्यवस्था गरी घरायसी तथा व्यवसायीक व्यवस्थापनमा आफ्ना सदस्यहरुलाई सहजता प्रदान गर्ने सहकारीले जनाएको छ ।




Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top