२०७८, १२ माघ बुधबार

सहयोगी सहकारीको अध्यक्षमा पुन: अधिकारी

डबली खबर     पुष २५ २०७८ १६:१४

Sahayogi Multipurpose Cooperative Nuwakot 2078
nuwakot trishuli graphic web media service 2020

नुवाकोट – सहयोगी बहुउद्धेशीय सहकारीको सञ्चालक समितिको अध्यक्षमा बाबुराम अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न १४ औ साधारण सभा तथा चौथौं अधिवेशनले सर्वसम्मत रुपमा अधिकारीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

सहकारीको उपाध्यक्षमा केदार प्रसाद रिजाल, सचिवमा उमंगमान शाक्य, कोषाध्यक्षमा यादव अधिकारी चयन भएका छन् । सदस्यहरुमा परशुराम अर्याल, नविन प्रधान, माधवप्रसाद अधिकारी, रामकुमार रिजाल र सिर्जना गुरुङ चयन भएका छन् ।

पुष्कर सापकोटाको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति चयन भएको छ । समितिको सदस्यहरूमा नविन डंगोल र प्रमिला श्रेष्ठ रहेका छन् ।

कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष शिवप्रसाद अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

सहकारीको १४औं साधारणसभाको प्रतिवेदन अनुसार शेयर पुँजी गत अव भन्दा २४.६८ प्रतिशत वृद्धि भइ २ करोड २ लाख ३८ हजार ३०० रुपैंयाँ पुगेको छ । सहकारीको निक्षेप संकलन ११ करोड १ लाख ९३ हजार २८९, सम्पत्ती १८ करोड ५५ लाख ७५ हर ५२९ रुपैंयाँ रहेको छ भने आव २०७७/७८ मा कुल ७३ लाख २० हजार २९४ रुपैंयाँ मुनाफा आर्जन गरेको छ ।

साधारणसभामा अध्यक्ष बाबुराम अधिकारी, कोषाध्यक्ष यादव अधिकारी र लेखा सुपरिवेक्षण समितिक संयोजक पुष्कर सापकोटाले आआफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा १३ जना बालबचतकर्ताहरुलाई सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय झोला प्रदान गरिएको छ । यस्तै, आव २०७७/७८ मा कारोबार गर्ने ऋणी र बचतकर्ता मध्येहरुबाट उत्कृष्ट ऋणी र बचतकर्ताको साथै कर्मचारीलाई सम्मानित गरिएको सहकारीका व्यवस्थापक राजु अधिकारीले जानकारी दिए ।

सहकारीको प्रतिवेदन




Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top