२०७९, २३ श्रावण सोमबार

श्रीकृष्ण सहकारीको शेयरपुँजी २ करोड ३२ लाख ३२ हजार रुपैयाँ

डबली खबर     पुष २५ २०७८ १३:१५

shreekrishna sahakari
Diyo Pathshala Montessori

बट्टार – श्रीकृष्ण बचत तथा ऋण परिचालन सहकारीको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभामा विदुर नगरपालिकाका ४ नम्बरका वडाध्यक्ष टलकमान श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सहकारीका अध्यक्ष बच्चुमाया सुनारी, कोषाध्यक्ष गजेन्द्र खड्का परमार्थी र लेखासमिति संयोजक राजेन्द्र तिवारीले आआफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सहकारीमा १ हजार ३ सय ९१ जनाको २ करोड ३२ लाख ३२ हजार रुपैयाँ शेयरपुँजी रहेको छ । संस्थाले गत आव २०७७/२०७८ मा ११ करोड १ लाख २३ हजार ७ सय ७१ रुपैयाँ ऋण लगानी गरी १६ लाख २७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

साधारणसभामा संस्थाका संस्थापकहरु दिपक अधिकारी गोमा अधिकारी, डोमा तामाङ र गंगा शाही बोगटीलाई सम्मानित गरिएको छ । यस्तै उत्कृष्ट कारोवार गर्ने सदस्य दिपक मिजार र उत्कृष्ट बचत गर्ने ज्ञानुकुमारी अमात्य श्रेष्ठ र बाबुराम शर्मा अधिकारीलाई सम्मानित गरिएको सचिव श्रीराम नेपालले जानकारी दिए ।

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top