नुवाकोट – बट्टार सहकारीको शेयर पुँजी पाँच करोड १३ लाख २५ हजार ४ सय पुगेको छ ।
सहकारीको २५औं वार्षिकोत्सव तथा साधारणसभालाई सम्बोधन गर्दै सहकारीका अध्यक्ष ओमप्रकाश श्रेष्ठले आव २०७७/०७८ मा सहकारीको उक्त रकम बराबरको शेयर पुँजी पुगेको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
गत शुक्रबार सहकारीले २६ औँ वर्षिक साधारणसभा तथा २५ वर्ष पुरा भएको अवसरमा रजत महोत्सव मनाएको हो ।
कार्यक्रममा सहकारी व्यवस्थापक हरिप्रसाद जोशी, लेखा संयोजक नवराज न्यौपाने र ऋण संयोजक मोहनबहादुर अर्यालले आआफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीले सात करोड २१ हजार ६० रूपैंयाँ निक्षेप संकलन गरेको छ भने ४६ लाख ५२ हजार २१ रुपैंयाँ ऋण लगानी गरेको छ । यस्तै सहकारीको आम्दानी ५ करोड ११ लाख ९४ हजार ९४२ रुपैंयाँ र ५ करोड ४ लाख ३५ हजार ७५० खर्च रहेको छ। नाफा ७ लाख ५९ हजार १९२ रुपैंयाँ रहेको छ ।
विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको प्रमुख आथित्यमा सम्पन्न भएको सो कार्यक्रममा जेष्ठ सदस्य, पुर्व अध्यक्ष, कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
सहकारीले आफ्नो २५औं वार्षिकोत्सव तथा रजत महोत्सवको अवसरमा प्रकाशित स्मारिका
प्रतिक्रिया