२०८१, १२ बैशाख बुधबार

अशिक्षा र गरीबिका कारण रोग लुकाएर बस्छन् नगरपालिकाका महिलाहरु

शिव देवकोटा     पुष १७ २०७८ १७:५२

Uterus screening in bidur municipality nuwakot 1
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोटको सदरमुकाम क्षेत्रकै महिलाहरु जटील रोगहरुको सिकार भईरहँदा समेत रोग लुकाएर बस्ने गरेको पाईएको छ । अशिक्षा, गरीवि अनि लोकलाजका कारण महिलाहरु आफ्नो रोग लुकाउने र उपचारका लागि समेत जान नसक्ने कारण उनीहरु गम्भीर रोगको सिकार समेत बन्दै आएका छन् ।

विदुर नगरपालिकाले महिलाहरु यस्तै समस्याहरुसँग साक्षात्कार गर्दे आएको पाईएपछि सबै वडामा सञ्चालन गरिरहेको पाठेघर स्क्रिनिङ शिविरले केही गम्भीर तथ्यहरु समेत उजागर गरेको छ । विशेष गरेर महिलाहरु पाठेघरको संक्रमण र आङ खस्ने रोगबाट प्रताडित हुने गरेता पनि समयमै उपचार नगराउँदा त्यसबाट झनै जटील समस्याहरु निम्तने गरेको पाईएको छ ।

Uterus screening in bidur municipality nuwakot sanju pandit
पाठेघर स्क्रिनिङ शिविरमा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितद्वारा निरीक्षण गर्दै

नगरपालिकाले पुस ६ गतेबाट सुरु गरेको पाठेघर स्क्रिनिङ शिविर शुक्रवार सम्ममा नौवटा स्वास्थ्य संस्थामा सम्पन्न भइसकेको छ । सबै शिविरहरुमा महिलाहरुको रोग पहिचान र परामर्शका लागि प्रत्यक्ष संलग्न त्रिशूली अस्पतालकी महिला रोग विशेषज्ञ डाक्टर आश्मा खनालकाअनुसार शिविरमा आएका महिलाहरुमा पाठेघरको संक्रमण, आङ खस्ने समस्या, अण्डाशयको ट्युमर, पाठेघरको मुखको क्यान्सर जस्ता समस्याहरु देखिएका छन् । नगरपालिकाले सञ्चालन गरेको शिविरमा शुक्रबारसम्ममा करिब नौसय महिलाहरुको परीक्षण गरिएकोमा तत्काल शल्यक्रिया गरेर रोग निदान गर्नुपर्नेहरुको संख्या समेत अत्यधिक देखिएको डाक्टर खनालले जानकारी दिईन् ।

शिविरमा भिडियो एक्सरे सहित महिलासँग सम्बन्धित सबै रोगको पहिचान तथा उपचार स्त्री रोग विशेषज्ञमार्फत हुने गरेको छ । शहरी क्षेत्रमा भन्दा ग्रामीण भेगमा सञ्चालित शिविरमा सेवाग्रहीहरुको चाप देखिएको विदुर नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक रामराजा भण्डारीले बताए । उनका अनुसार प्रजनन् स्वास्थ्यको विषयमा खुलेर कुराकानी गर्ने बानी नेपाली समाजमा न्यून रहेको छ र समस्याले जटिल रुप लिए पछि मात्र उपचार प्रक्रियामा जाने प्रबृत्तीले समस्या बढाईरहेको छ ।

Uterus screening in bidur municipality nuwakot
पाठेघर स्क्रिनिङ शिविरलाइ सम्बाेधन गर्दै विदुर नगरपालिकाका उपमेयर गीताकुमारी दाहाल

शरिरमा जटील रोग रहँदा पनि समयमै उपचार गर्न नजानुका पछाडि कमजोर आर्थिक अवस्था समेत एउटा प्रमुख कारण रहेको पाईएको छ । शिविरहरुमा पहिचान गरिएका समस्यामा रहेका महिलाहरु मध्ये अत्यधिकको आर्थिक अवस्था कमजोर पाईएको छ भने अशिक्षाका कारण उनीहरुमा रोग लुकाउन हुँदैन भन्ने चेतना समेत विकास भएको पाईदैन । यही तथ्यलाई आत्मसात गर्दे शिविर सञ्चालन गरिएको र महिलाहरुको पाठेघर लगायतका समस्याहरुको निदानका लागि शल्यक्रिया गर्नुपरेमा विदुर नगरपालिकाले निःशुल्क शल्यक्रियाको व्यवस्था गर्ने विदुर नगरपालिकाकी उपमेयर गीताकुमारी दाहालले बताईन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top