२०८०, ६ आश्विन शनिबार
social securities awareness bidur municipality

नेपाल विद्युत प्राधिकरणका महशुल काउन्टर पुस १ गतेदेखि बन्द हुने

डबली खबर     मंसिर २९ २०७८ १८:३२

nea nuwakot
pratik book and stationery center in nuwakot

नुवाकोट – नेपाल विद्युत् प्राधिकरणले पुस १ गतेदेखि ५ गतेसम्मका लागि देशभरका सबै विद्युत महशुल काउन्टर बन्द गर्ने भएको छ । पछिल्लो समय समायोजन भएको विद्युत महसुलको बिलिङ प्रणाली मिलाउनका लागि प्राधिकरणले ५ दिनका लागि सबै महशुल काउन्टर बन्द गर्न लागेको हो ।

हालै परिर्वतन भएको नयाँ विद्युत महशुल दरको एम–पावर बिलिङ प्रणाली लागु गर्न र त्यसको अद्यावधिक गर्नका लागि सेवा अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । 

एम–पावर बिलिङ प्रणाली लागु गर्न तथ्यांकको अद्यावधिक गर्ने कार्य पूरा भएपछि ५ गतेदेखि नै सबै महसुल काउन्टरहरूबाट नियमित सेवा सुचारु हुने प्राधिकरणले जनाएको छ । विद्युत नियमन आयोगले कात्तिक ८ गते विद्युतको महशुल दर समायोजन गरेको हो । समायोजित महसुल दर मंसिर महिनाबाट लागु भएको छ । 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top