२०८१, ८ बैशाख शनिबार

अनेरास्ववियूको मोबाइल एप सार्वजनिक

डबली खबर     मंसिर २९ २०७८ १०:४७

annfsu mobile app launch
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले मोबाइल एप सार्वजनिक गरेको छ । सोमबार थापाथली इन्जिनियरिङ क्याम्पसमा आयोजित एक कार्यक्रमका बीच पार्टी अध्यक्ष माधवकुमार नेपालले एपको उद्घाटन गरेका हुन् ।

अनेरास्ववियूसँग सम्बन्धित सबै काम र गतिविधिहरू यही एपमार्फत गराइने गरेको अनेरास्ववियूका उप-महासचिव अशोक थापाले जानकारी दिए ।

उनकाअनुसार मोबाइल एपमा संगठनको विधान, गीत, झन्डा, प्रचारप्रसारजनक सामग्री, गतिविधिहरू एपमा पाइने छ । सँगै सदस्यताबारे काम पनि एपबाटै हुनेछ ।

कार्यक्रममा अनेरास्ववियूका कार्यवाहक अध्यक्ष वसिम आलम, एकीकृत समाजवादीका विद्यार्थी फाँट प्रमुख रामकुमार भट्टराईसहितका नेताहरू उपस्थिति थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top