२०८१, १३ बैशाख बिहीबार

फोनिज नुवाकोटको अधिवेशन सम्पन्न

डबली खबर     मंसिर २४ २०७८ ११:४२

fonij nuwakot committee 2078
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – आदीवासी जनजाति पत्रकारहरुको छाता संस्था नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा नुवाकोटको चौथौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले शक्तिमाया तामाङ पुन:अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । तामाङको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

फोनिज नुवाकोटको नयाँ कार्यसमितिको उपाध्यक्षमा राकेश डङ्गोल, सचिवमा सुनिल श्रेष्ठ र कोषाध्यक्षमा भगवती लामा चयनलाई गरेको छ । यस्तै सदस्यहरुमा होमबहादुर तामाङ, शर्मिला थापामगर, मनिष नगरकोटी, सञ्जु तामाङ र भावना तामाङ सर्वसम्मत चयन भएका छन् ।

अधिवेशनले संघीय प्रतिनिधिमा नवदिप श्रेष्ठ, गमला लामा र अनुजकुमार श्रेष्ठलाई चयन गरेको छ भने प्रदेश प्रतिनिधिमा राम श्रेष्ठ, भरत सन्तोषी तामाङ र प्रताप तामाङलाई चयन गरेको छ । फोनिज नुवाकोटको सल्लाहकारमा श्रीराम श्रेष्ठ र राजकृष्ण श्रेष्ठलाई चयन गरेको छ ।

कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ नुवाकोटका अध्यक्ष भगवान रानामगरको प्रमुख आतिथ्यमा भएको थियो ।

नेपाल पत्रकार महासंघ नुवाकोटका उपाध्यक्ष तथा फोनिज नुवाकोटका सल्लाहकार नवदीप श्रेष्ठले आफ्नो भाषा, संस्कार, पहिचानलाई आफू आवद्ध सञ्चार माध्यममा प्राथमिकता दिनलाई फोनिजमा आवद्ध पत्रकारहरुलाई आग्रह गरे । उनले जात विशेषको संस्कृति र इतिहासलाई लिखितरुपमा दस्तावेज बनाएर राख्न सकियो भने आगामी पुस्तालाई चिनो स्वरुप हस्तान्तरण गर्न सकिने बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top