२०८१, ११ बैशाख मंगलवार

हत्यामा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ

डबली खबर     मंसिर २२ २०७८ १४:५३

suman thapa murder crime
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – हत्यामा संलग्न रहेको अभियोगमा मङ्गलबार चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पञ्चकन्या गाउँपालिका-३ राहुटारका सुमन थापाको हत्यामा संलग्न रहेको अभियोगमा शिवपुरी गाउँपालिका-१ का ४२ वर्षीय कृष्ण श्रेष्ठ, दुप्चेश्वर गाउँपालिका-७ का ३३ वर्षीय श्यामहरि पण्डित, २९ वर्षीय कुमार पण्डित (बस चालक) र ३४ वर्षीय राजेश कडेल पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

पक्राउ गरेसँगै थापाको शव परीक्षणका लागि त्रिशूली अस्पतलामा पठाएको थियो । त्रिशुलीबाट शिवपुरी तलाखु चल्ने बा२ख ६५८७ नम्बरको बसमा सहचालकका रूपमा काम गर्दै आएका २० वर्षीय थापाको शव शिवपुरी गाउँपालिका-१ तलाखुस्थित मध्यपहाडी लोकमार्गमा सडक छेउमा घोप्टो परी मृत अवस्थामा फेला परेको थियो ।

पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top