२०८१, १४ बैशाख शुक्रबार

विदुर नगरपालिकाको प्रशासनिक भवन शिलान्यास, यस्तो बन्नेछ भवन (तस्वीरहरु सहित)

डबली खबर     मंसिर २२ २०७८ ०९:४५

Bidur Municipality Administrative Building Foundation Stone Laying
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – विदुर नगरपालिकाको प्रशासनिक भवन शिलान्यास गरिएको छ । बुधबार नगर प्रमुख सञ्जु पण्डितले भवनको शिलान्यास गरेका हुन् । नगरवासीलाई एउटै छानामुनिबाट सेवा दिन नयाँ भवन निर्माण गर्न लागिएको नगरपालिकाले बताएको छ ।

कुल अनुमानित लागत १७ करोड ९ लाख ५४ हजार ६२९ रुपैयाँ रहेको उक्त प्रशासनिक भवन निर्माणका लागि १० करोड ५८ लाख ६७ हजार २५६ मा रेलिगेर न्यू टेक जेभी कम्पनीसँग ठेक्का सम्झौता भएको छ ।

नगरपालिकाका इन्जिनियर शिशिर लामिछानेले दुई वर्षमा सक्ने गरी अण्डरग्राउण्ड पार्किङसहित चारतले भवनको शिलान्यास गरिएको जानकारी दिए । उनका अत्याधुनिक सेवा सुविधा रहनेगरी भवन निर्माण गरिने छ । भवनमा १०० क्षमता भएको अत्याधुनिक सभा हल १ वटा, नगर प्रमुख तथा उपप्रमुख कक्ष, शाखा कार्यालय कक्ष, प्रशासनिक कक्ष लगायत संरचना बन्नेछन् । भवनमा लिफ्टको समेत व्यवस्था रहेको भवन अपाङ्ग तथा बालमैत्री भवन हुने जनाएको छ ।

हाल नगरपालिकाले विदुर नपा-२ मा रहेको तत्कालिन सहकारी डिभिजनको भवनमाशाखाहरू सञ्चालन भइरहेकोमा भवन निर्माणपछि एकै ठाउँमा रहने हुँदा सेवा प्रवाह सहज हुनेछ ।

नगर प्रमुख सञ्जु पण्डितले कार्यायललाई थप व्यवस्थित बनाउन मुख्य प्रशासनिक भवन निर्माण गर्न लागिएको बताए । नगरपालिकाले बलियो भौतिक पूर्वाधारसहित गुणस्तरीय सेवा सम्पादनमा जोड दिएको उनको भनाइ छ । प्रमुख प्रशासकीय भवनको निर्माण समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई नगर प्रमुख पण्डितले निर्देशन समेत दिएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top