२०८१, १३ बैशाख बिहीबार

आयल निगमले डिजिटल वालेट सेवा सुरु गर्ने

डबली खबर     मंसिर १५ २०७८ ०९:२१

Nepal Oil Corporation
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – नेपाल आयल निगमले डिजिटल वालेटको सुरुवात गर्ने भएको छ । निगमको अनुसार पेट्रोलियम पदार्थको सहज बिक्री वितरणका लागि निगमले वालेट सेवा सञ्चालनमा ल्याउन लागेको हो ।

निगमले सेवालाई छिटो छरितो ढंंगबाट अगाडी बढाउन यो सेवा सञ्चालन गर्न लागेको जनाएको छ ।

मोबाइल एप्लिकेसनमार्फत् सञ्चालन हुने यो प्रणाली कार्यान्वयनमा आएपछि सो एपमार्फत् घरमै बसेर ग्यास अर्डर गर्न, बाटोमा हिँड्दा पेट्रोल पम्पको लोकेसन पत्ता लगाउन सकिने व्यवस्था गर्न सकिने निगमले जनाएको छ ।

वालेट सेवा सञ्चालन गर्ने अनुमतिको विषयमा केन्द्रीय बैंक सकारात्मक भएपछि निगम यसको तयारीमा अघि बढाएको निगमको भनाई छ । अहिले निगमको इन्टरप्राइजेज रिसोर्स प्लान (ईआरपी) परियोजना कार्यान्वयनको चरणमा छ । सो परियोजनालाई ५ वटा सेगमेन्टमा विभाजन गरिएकोमा ३ वटा सेगमेन्ट अहिले व्यवसायिक प्रयोगमा गइसकेको छ । बाँकी २ सेगमेन्टमध्ये डिजिटल भुक्तानीअन्तर्गत यस्तो वालेट सेवा सञ्चालनमा ल्याउन लागेको हो ।

यो परियोजना अबको ३ महिनाभित्रै कार्यान्वयनमा ल्याउने तयारी गरेको निगमको बताएके छ । वालेट सेवा प्रदान गर्दा भुक्तानीको सीमाले समस्या हुनसक्ने भएपछि यसको नीतिगत सुधारका लागि समेत राष्ट्र बैंकसँग छलफल गरिरहेको निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top