२०८१, १३ बैशाख बिहीबार

रसुवामा कम्युनिटी नेटवर्क

डबली खबर     मंसिर १४ २०७८ १७:४१

community network rasuwa
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

रसुवा – नेपाल इन्टरनेट फाउण्डेशनले रसुवाको उत्तरगया गाउँपालिकामा सामुदायिक नेटवर्क अन्तर्गत समुदायमा आधारित सूचना तथा सञ्चार प्रविधि अध्ययन केन्द्र सञ्चालनमा ल्याएको छ ।

फाउण्डेशन र इन्टरनेट सोसाईटी मुख्यालयको सहयोगमा गाउँमा सूचनाको पहुँच दिने गरी उत्तरगया गाउँपालिकाको वडा नम्बर ५ लहरेपौवामा सामुदायिक नेटवर्क सञ्चालनमा ल्याइएको हो ।

मंगलबार उक्त कम्युनिटी नेटवर्कको उद्घाटन उत्तरगया गाउँपालिकी उपाध्यक्ष चमेली गुरुङले गरेकी हुन् ।

उक्त कम्युनिटी नेटवर्कमा तीन ओटा डेस्कटप कम्प्यूटर र एउटा थ्री इन वान प्रिन्टर राखिएको छ । साथै एक एमबीपिएसको इन्टरनेट पनि राखिएको छ । जुन इन्टरनेट १ वर्षसम्म निःशुल्क उपलब्ध हुनेछ ।

१७ लाखको लागतमा उक्त कम्युनिटी नेटवर्क तयार पारिएको नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले बताए । कम्युनिटी नेटवर्कलाई पावरको अभाव नहोस् भन्ने उद्देश्यले ३३० वाटको सोलार सिस्टम पनि जडान गरिएको छ । उक्त कम्युनिटी नेटवर्कले विद्यार्थी लगायत लहरेपौवाका स्थानीयलाई सूचनाको पहुँच दिने श्रेष्ठले बताए । २०० घरधुरीका ६०० बढीले कम्युनिटी नेटवर्कबाट सेवा लिन सक्ने उनले जानकारी दिए ।

सो कम्युनिटी नेटवर्कको व्यवस्थापनका लागि उत्तरगया गाउँपालिका ५ का वडा अध्यक्ष इश्वर थापाको अध्यक्षतामा ७ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ । यो समितिले उक्त कम्युनिटी नेटवर्कको रेखदेख तथा सञ्चालन गर्नेछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top