२०७९, २८ श्रावण शनिबार

आज सङ्क्रमित शून्य, सक्रिय संक्रमित २० जना

डबली खबर     मंसिर १३ २०७८ १२:३८

corona update bidur municipality nuwakot
Diyo Pathshala Montessori

विदुर – आज नुवाकोट जिल्लाभित्र शून्य संक्रमित रहेका छन् । आईतबारसम्म सक्रिय संक्रमितको संख्या २० जनामात्रै रहेको छ ।

नुवाकोटमा कोरोना संक्रमणबाट ५१ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । तथ्यांकअनुसार ५० जनाको कोरोनाको दोश्रो भेरियन्ट र १ जनाको पहिलो भेरियन्टबाट ज्यान गएको छ। पछिल्लो समयमा नुवाकोटमा कोरोना संक्रमितको संख्या घट्दै गएपछि कोरोना संक्रमित भेटिन छाडेका हुन् ।

अहिले ११ महिला र ९ पुरुषसहित २० जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये अस्पतालमा ३ जना र १७ जना होम आइसोलेसनमा उपचारत रहेका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म नुवाकोटमा कोरोना संक्रमित संख्या ३ हजार ३७२ जना महिला र पाँचहजार पुरुष गरी ८ हजार ३७२ जना पुगेको छ । जसमध्ये ८ हजार ३०१ जना संक्रमणमुक्त भइसकेका छन् ।

हालसम्म नुवाकोटमा सबैभन्दा बढी प्रभावित संक्रमित विदुर नगरपालिकाभित्र रहेका छन् । जसमा महिला १ हजार ३७८ र पुरुष २ हजार ५ जना रहेका छन् । सबैभन्दा कम संक्रमित पन्चकन्या गाउँपालिकामा रहेका छन् । जसमा महिला ७४ जना र पुरुष ११९ जना रहेका छन् ।

नुवाकोटमा हालसम्म महिला १८ हजार ४९५ जना र पुरुष १० हजार १०६ जना गरी कुल २८ हजार ६०१ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top