२०७८, १२ माघ बुधबार

नुवाकोटमा मतदाता नामावली संकलन मंसिर १७ देखि

डबली खबर     मंसिर १४ २०७८ ११:११

election voter list program
nuwakot trishuli graphic web media service 2020

विदुर – जिल्ला निर्वाचन कार्यालय नुवाकोटले मंसिर १७ गतेदेखि स्थानीय तहको केन्द्रमा गएर फोटो सहितको मतदाता नामावली संकलन गर्ने भएको छ । मतदाता नामावलीमा कोही नछुटुन्,कोही नदोहोरिन मतदाता नामावली संकलन गरिने भएको हो।

कार्यालयले मंगलबार सदरमुकाम विदुरमा सरोकारवालासँग अन्तरक्रिया गर्दै जिल्ला निर्वाचन अधिकृत राकेश गुरुङका अनुसारका ११ वटा स्थानीय तहको केन्द्रमा गएर दुई चरणमा मतदाता नामावली संकलन गरिने भएको छ । पहिलो चरणमा छ स्थानीय तह र दोस्रो तहमा पाँच स्थानीय तहहरुमा मतदाता नामावली संकलन गरिने छ ।

पहिलो चरणमा यहि मंसिर १७ गतेदेखि २६ गतेसम्म ककनी गाउँपालिका, लिखु, शिवपुरी, किस्पाङ, दुप्चेश्वर र सुर्यगढ़ीमा सञ्चालन हुनेछ । यस्तै, दोस्रोचरणमा बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका, पञ्चकन्या, म्यागङ र तादीमा मंसिर २८ देखि पुष ८ सम्म मतदाता नामावली संकलन कार्यक्रम सञ्चालन हुनेछ ।

जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता भईरहेकाले विदुर नगरपालीकामा भने भने यो कार्यक्रम सञ्चालन नहुने बताईएको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले राजनैतिक दलका प्रतिनिधि तथा जनप्रतिनिधि लगायतलाई मतदाता नामावाली संकलनमा सहयोगको लागि अनुरोध गरेका छन् ।

कार्यक्रममा सहभागि राजनीतिक दलका प्रतिनिधिहरुले एक स्थानीय तहमा एकठाँउमात्र केन्द्र राख्दा असहज हुने भएकाले केन्द्रलाई थप गर्न अनुरोध गरेका थिए ।

तथ्यांकअनुसार नुवाकोटमा महिला एकलाख १७ हजार ६६७ जना, एकलाख १० हजार ६८३ जना र ३ जना तेस्रो लिंगी गरी कुल दुईलाख २८ हजार ७६२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

नामावली सङ्कलन अभियानमा १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकहरुको मतदाता नामावलीको विवरण सङ्कलन कार्य हुनेछ भने निर्वाचन आयोगले तोकेको मितिमा १८ वर्ष पूरा गरेका नागरिकहरुको नाम मतदाता नामावलीमा समावेश गर्नेछ ।




Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top