२०८१, ११ बैशाख मंगलवार

स्वास्थ्य जनशक्ति सम्बन्धी १० वर्षे राष्ट्रिय रणनीति (पूर्ण पाठसहित)

डबली खबर     मंसिर १२ २०७८ १६:३७

health program
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य जनशक्ति सम्बन्धी राष्ट्रिय रणनीति तयार पारेको छ। मन्त्रालयले तयार पारेको उक्त रणनीति हालै सार्वजनिक गरिएको छ। सार्वजनिक रणनीति अनुसार आगामी १० वर्षका लागि जनशक्तिको उपलब्धता र समतामूलक वितरण सुनिश्चित गर्न रणनीति बनाइएको हो।

रणनीतिमा हाल नेपालमा रहेका जनशक्तिको अवस्था, स्वास्थ्य संस्थाको संख्या र अवस्था, अबको १० वर्षमा उत्पादन हुने जनशक्ति र तिनिहरुको व्यवस्थापन कसरी गर्ने लगायतका विषय छन्।

रणनीति अनुसार नेपालमा विभिन्न सेवाका स्वास्थ्यकर्मीहरु गरेर २ लाख ६७ हजार ८९१ जना दर्ता भएका छन्। जसमा सबैभन्दा धेरै नर्स रहेका छन्।

संघीय शासकीय संरचना अनुरुप सीप मिश्रित दक्ष स्वास्थ्य जनशक्तिको उत्पादन, विकास र परिचालन गर्ने लक्ष्य रणनीतिको रहेको छ ।

‘उपलब्ध साधन स्रोतको अधिकतम प्रयोग गरी सरकोकारवाला बीचको सहकार्यमा जनसङ्ख्या, भूगोल र संघीय संरचना अनुरूप सीप मिश्रित दक्ष स्वास्थ्य जनशक्तिको उत्पादन, विकास र परिचालन गर्ने रहेको छ,’ रणनीतिमा उल्लेख छ।

रणनीतिमा वि.सं. २०८१ (सन् २०२५) मा सरकारी तथा निजी क्षेत्रमा गरी कूल १ लाख ३६ हजार ८४० स्वास्थ्य जनशक्ति कार्यरत रहने अनुमान गरिएको छ।

यस्तै २०८६ साल (सन् २०३०) को लागि कूल जम्मा १ लाख ६५ हजार ७८० स्वास्थ्य जनशक्ति आवश्यक पर्ने आंकलन गरिएको छ।

रणनीतिमा नेपालमा सरकारी र निजी गरेर देशभर २०७७ सम्म ५८ हजार १२४ स्वास्थ्य जनशक्ति कार्यरत रहेको उल्लेख छ।

हेरौं रणनीतिको पूर्णपाठ

[pdfjs-viewer viewer_width=0 viewer_height=800 url=https://www.dabalikhabar.com/wp-content/uploads/2021/11/नेपालको-स्वास्थ्य-जनशक्ति-सम्बन्धी-राष्ट्रिय-रणनीति.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 search_term=”” ]

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top