२०७८, १२ माघ बुधबार

निजी आवास निर्माणको किस्ता मङ्सिर मसान्तसम्म

डबली खबर     मंसिर १२ २०७८ १४:४८

nuwakot trishuli graphic web media service 2020

काठमाडौं – भूकम्प प्रभावितलाई निजी आवास निर्माणका लागि किस्ता लिने समय मङ्सिर मसान्तसम्म तोकिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले किस्ता लिने समय मङ्सिर मसान्तसम्म रहेको जानकारी दिए ।

तोकिएको समयभित्रमा अब पनि किस्ता नलिनेलाई लाभग्राही सूचीबाट हटाइने प्राधिकरणको तयारी छ । प्राधिकरणका अनुसार लाभग्राही सूचीमा रहेको कुल सङ्ख्या आठ लाख ६६ हजार दुई सय सात छ । जसमध्ये आठ लाख २७ हजार तीन सय ४० जनाले मात्र अनुदान सम्झौता गरेका छन् । ३८ हजार आठ सय ६७ जनाले अझै अनुदान सम्झौता गरेका छैनन् ।

प्राधिकरणका अनुसार अहिलेसम्म ६ लाख एक हजार पाँच सय २४ घरको निर्माण सम्पन्न भएको छ । भूकम्पमा अति प्रभावित १४ र कम प्रभावित १८ जिल्ला छन् ।

साउनबाट निजी आवास निर्माणको काम कम भएकाले प्रगति पनि कम देखिएको सहप्रवक्ता घिमिरेले बताए । अहिले प्राधिकरणबाट काम हस्तान्तरण भएर सहरी विकास मन्त्रालयमा गएको छ ।




Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top