२०८१, ११ बैशाख मंगलवार

नेपाली काँग्रेस नुवाकोटको सभापतिमा रमेशकुमार

डबली खबर     मंसिर ११ २०७८ १७:०१


nepali congress nuwakot election 2078 final tws

विदुर – नेपाली काँग्रेस नुवाकोटको जिल्ला कार्य समितिको सभापति पदमा रमेशकुमार महत निर्वाचित भएका छन् । जिल्ला कार्यसमितिमा उनको प्यानललै निर्वाचित भएका छन् ।

महतले सभापति पदका अर्का उम्मेदवार डा. केदारनरसिंह केसीलाई १० मतान्तरको मतले हराएका हुन् । महतको ८३३ मत र केसीको ८२३ मत रहेको छ ।

उपसभापतिमा महत प्यानलकै सन्तमान तामाङ र राजु थापा विजयी भएका छन् । तामाङको ८४६ मत र थापाको ७५१ मत रहेको छ । थापाले केसी प्यानलका उपसभापति उपेन्द्र कुइँकेल भन्दा ३ मत बढी ल्याएर निर्वाचित भए । कुइँकेलको ७४८ मत रहेको छ ।

उससभापति पदका अर्का उम्मेदवार होमबहादुर तामाङको मत ६८२ रहेको छ । उनी केसी प्यानलका हुन् । उपसभापति पदका स्वतन्त्र उम्मेदवार ठाकुरजंग पाण्डेले ८७ मत प्राप्त गरे ।

सचिवमा बैकुण्ठ मिश्रले ९०० मत ल्याएर र श्रीराम श्रेष्ठले ८२९ मत ल्याएर निर्वाचित भए । सचिव पदमा केसी प्यानलबाट उम्मेदवारी दिएका शिवप्रसाद दाहालको ७०२ मत र शंकर पाण्डेको ६७९ मत ल्याए ।

सहसचिवमा उत्तम पाठकले ८८८ मत सहित र यादवप्रसाद नेपालले ८२३ मत लिएर निर्वाचित भए । सहसचिव पदका उम्मेदवारहरु झमकराज गुरुङको ६८८ मत र रुपबहादुर तामाङ ६८४ मत ल्याए ।

निर्वाचनमा जिल्ला कार्यसमितिको ५२ जना र महासमिति सदस्य ११ जनाका लागि मतदान भएको थियो । निर्वाचनमा कुल एकहजार ७ सय ६८ मतदातामध्ये एक हजार ७ सय ४७ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया



Top