२०८१, १३ बैशाख बिहीबार

संसारकै जेष्ठ नागरिक बाटुली लामिछानेलाई “बाला घर”

डबली खबर     कार्तिक १४ २०७८ १२:३८

Batuli Lamichhane's New Home
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – संसारकै सबैभन्दा ज्येष्ठ भएको दावी गरिएकी नुवाकोट छापगाउँकी बाटुली लामिछानेलाई सरकारले घर निर्माण गरिदिएको छ। ककनी गाउँपालिका वडा नं. ८ छापथोककी ११९ वर्षीया बाटुली लामिछानेका लागि सरकारले १० लाख रुपैयाँको लागतमा घर निर्माण गरिएको हो।

नवनिर्मित भवनको बागमती प्रदेश सरकारका पूर्वमन्त्री तथा एमाले नुवाकोटका उपाध्यक्ष वद्री मैनालीले उद्घाटन गर्दै  लामिछानेलाई सरकारले अन्य सहयोग पनि गर्नु पर्ने बताए। 

उनको सहयोगमा ककनी गाउँपालिकाले पनि मासिक रुपमा १० हजार रुपैयाँ उपलव्ध गराउँदै आईरहेको छ।

वृद्धा बाटुलीलाई विश्वको सबैभन्दा वृद्धा भएकोले गिनिज बुकमा नाम लेखाउन सक्रियता बढाइएको छ। उनीलाई सरकारी स्तरबाट विभिन्न सम्मान तथा पुरस्कार समेत प्रदान गरिसकिएको छ। उनलाई सरकारले घर बनाइदिएको छ भने प्रदेश सांसद तथा स्थानीय सरकारले मासिक भत्ता दिइरहेको छ।

१९५९ साल चैत्र १० गते सिन्धुपाल्चोकको साविक बाँसबारी गाविस वडा नं. १ गिरानचौरमा माता देवीकुमारी र पिता जयनारायण तिवारीको कोखबाट जन्मिएकी हुन्। बाटुली नुवाकोटको पूर्वी भेगमा रहेको थानसिङ छापथोकमा छविलाल लामिछानेसँग विवाह गरेर आएकी हुन्। अहिले ८१ वर्ष टेकेका छोरा नेत्रप्रसाद त्यसबेला जन्मिंदा पैसा कमाउन परदेशिएका उनका श्रीमान हालसम्म फर्किएका छैनन्। 

हाल उनका एक छोरा, चार नातिनी, पाँच पनाती, पाँच पनातिनी र एक खनाती छन्। उनलाई छोराबुहारी तथा नातिनातिनाले स्याहारसुसार गर्ने गरेका छन्। ककनीस्थित पर्यटकीय रानीपौवा बजारदेखि पश्चिमतर्फ एक घण्टा दुरी पार गरेपछि वृद्धा बाटुलीको घर पुगिन्छ। उनलाई घरमै पुगेर महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा वागमति प्रदेशतहबाट पुरस्कार तथा सम्मान गरिसकिएको छ।  

उनको नाम गिनिज बुकमा लेखाउन अभियान सुरु गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ। यसलाई वागमति प्रदेश सरकार तथा स्थानीय तहलेसमेत साथ दिइरहेको छ। 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top