विदुर – पछिल्लो २४ घण्टामा नुवाकोट जिल्लामा १७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार सङ्क्रमित हुनेमा महिला ७ र पुरुष १० जना रहेका छन् ।
सङ्क्रमित हुनेमा विदुर नगरपालिकाका ८ जना, बेलकोटगढी नगरपालिकाका ४ जना,लिखु गाउँपालिकाका २ जना रहेका छन् । यस्तै, सुर्यगढ़ी, किस्पाङ र तारकेश्वर गाउँपालिकाका १/१ जना रहेका छन् ।
हाल जिल्लामा १०२ जना सक्रिय कोरोना सङ्क्रमित बिरामी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमा अस्पतालमा ११ जना, सेन्टरमा १० जना र ८१ जना होम आइसोलेसनमा उपचारत रहेका छन् ।
तथ्यांकअनुसार जिल्लामा कोरोनाबाट ५१ जनाको मृत्यु भएको छ भने ८ हजार ३१३ कोरोना सङ्क्रमित भएका छन् ।
प्रतिक्रिया