२०८१, १४ बैशाख शुक्रबार

सांग्रिला बैंकद्वारा नुवाकोटमा वित्तीय साक्षरता कार्यक्रम

डबली खबर     कार्तिक १० २०७८ १४:२४

sangrila bank finance education awareness program in nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – सांग्रिला डेभलपमेन्ट बैंकले कात्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु गरिरहेको छ ।

यसैबीच बैंकको बट्टार शाखाले विदुर नगरपालिका-२ मा रहेको भैरवी माध्यमिक विद्यालयमा वित्तीय साक्षरता गरेको छ ।

विद्यालयका करिव ६० जना विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा बैंकको महत्व, बचतको महत्व र प्रभाकारिता लगायतको विषयमा बैंकका शाखा प्रमुख नवराज सुवेदीले जानकारी गराएका थिए । कक्षा ९, १०, ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा बैंकिंङ कारोबार सम्बन्धि बिषयमा पनि जानकारी गराएको थियो ।

उक्त वित्तीय कार्यक्रमले विद्यार्थीहरुलाई लेखा तथा अर्थशास्त्र विषयमा पठनपाठन गर्न सहज बनाउन र अभिभावकलाई बैंकको महत्व र आवश्यकताबारे बुझाउन सहज हुने विश्वास लिइएको शाखा प्रमुुख सुवेदीले बताए ।

बैंकले आफ्नो वार्षिकोत्सव अवसरमा शाखाहरुमार्फत स्वास्थ्य शिविर, वित्तीय साक्षारता, रक्तदान, कृत्रिम अंग वितरण लगायतका कार्यक्रमहरु संचालन गर्ने जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top