२०७९, २ जेष्ठ सोमबार

थानापती स्वास्थ्य चौकीको पक्कि भवन निर्माण कार्य सुरु

डबली खबर     कार्तिक १० २०७८ १३:५७

thanapati health post nuwakot shivapuri
nuwakot trishuli graphic web media service 2020

नुवाकोट – थानापती स्वास्थ्य चौकीको पक्कि भवन निर्माण कार्य सुरु भएको छ ।

भारतीय राजदुतावासको आर्थिक सहयोगमा शिवपुरी गाउँपालिका वडा नम्बर ८ मा रहेको स्वास्थ्य चौकीको भवन निर्माण गर्न लागिएको हो ।

विनाशकारी भूकम्प प्रश्चात प्रि–फ्याक भवनमार्फत सेवा प्रवाह गर्दै आइरहेको स्वास्थ्य चौकीको भवन आव २०७८ को असारमसान्त भित्र कार्य सम्पन्न हुने गरी निर्माण कार्य सुरु भएको हो ।

स्वास्थ्य चौकिको लागि स्थानीय मिननाथ पाण्डेले नि:शुल्क २० आना जग्गा उपलब्ध गराएको छ ।

१२ कोठे पक्कि भवनको २ करोड ७ लाख रुपैयाँमा निर्माण कम्पनीले सम्झौता गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उद्धव कार्कीले जानकारी दिए ।

शिवपुरी गाउँपालिकामा हाल ११ वटा स्वास्थ्य संस्था संचालनमा रहेको छ । जसमा ७ वटाले पक्की र ४ वटाले प्रि फ्याक भवनबाट सेवा दिइरहेको छ ।

Diyo Pathshala Montessori
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top