२०८१, १४ बैशाख शुक्रबार

एमाले विदुर-२ को अध्यक्षमा दामोदर नेपाल सर्वसम्मत

डबली खबर     कार्तिक ६ २०७८ १९:१७

bidur ward2 cpn uml nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – नेकपा एमाले विदुर नगरपालिका २ को वडा कमिटीको अध्यक्षमा दामोदर नेपाल सर्वसम्मत चयन भएका छन् । आज सम्पन्न वडा अधिवेशनले नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

बागमती प्रदेशका भाैतिक पुर्वाधार विकास मन्त्री केशवराज पाण्डेको प्रमुख आतिथ्यमा भएको अधिवेशनबाट ३१ सदस्सीय नयाँ कार्यसमिति चयन भएको छ ।

बागमती प्रदेशका भाैतिक पुर्वाधार विकास मन्त्री केशवराज पाण्डे

कमिटीको उपाध्यक्षमा बिजु थापा आचार्य, सचिवमा सनम परियार, उपसचिवमा विवेक बज्राचार्य र ईश्वरमान श्रेष्ठ चयन भएका छन् ।

नेकपा (एमाले) को आज देशभर एकसाथ वडा अधिवेशन भएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यामबाट सबै वडा अधिवेशनको एकसाथ उद्घाटन गरेको हो । केहि स्थानीय तहका वडाहरुमा भने अधिवेशन पछि हुने भनिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top