विदुर – पछिल्लो २४ घण्टामा नुवाकोट जिल्लामा ११ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार सङ्क्रमित हुनेमा महिला ४ र पुरुष ७ जना रहेका छन् । सङ्क्रमित हुनेमा विदुर नगरपालिकाका ७ जना, सुर्यगढ़ीका २ जना र बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकाका १/१ जना रहेका छन् ।
हाल जिल्लामा २५ जना सक्रिय कोरोना सङ्क्रमित बिरामी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमा २५ जनानै होम आइसोलेसनमा उपचारत रहेका छन् ।
यस्तै, बुधबार ४ जना संक्रमितले कोरोना जितेर घर फर्किएका छन् ।
तथ्यांकअनुसार जिल्लामा कोरोनाबाट ५० जनाको मृत्यु भएको छ भने ८ हजार २२१ कोरोना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया