+
Search

ताजा अपडेट +

पपुलर +

रानीवन, आरसी-३२ र साँगा सी डिभिजन लिगका लागि छनोट

All Nepal Football Association (ANFA)
डबली खबर
४ साल अगाडी

नुवाकोट – आगामि सिजनको सहिद स्मारक सी डिभिजन लिगका लागि तीन क्लब छनोट भएका छन्।

अखिल नेपाल फुटबल संघ एन्फाले गएको भदौबाट सुरु गरको सी डिभिजनको छनोट खेलमा तीन क्लब छनोट भएका हुन्।

अब आउँदो सिजनको सि डिभिजन लिगमा सुदुरपश्चिमको रानीबन स्पोट्स क्लब, आरसी-३२ र स्पोट्र्स एकेडेमी साँगाले सी डिभिजन लिगमा प्रतिस्पर्धा गर्नेछन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न हिजो आइतबार सम्पन्न खेलबाट जित निकाल्दै आरसी ३२ र साँगा सी डिभिजन लिगमा छनोट भएका हुन् भने सोमबार दिउँसो सम्पन्न अर्को खेलबाट रानीबन छनोट भएको हो।

छनोटको अन्तिम खेलमा रानीबनले नुवाकोट युनाइटेड फुटबल क्लबलाई १-० गोलले हराउँदै सी डिभिजनमा छनोट भएको हो।

छनोटमा देशभरका ७८ क्लबले सहभागिता जनाएका थिए। ति क्लबहरुलाई २६ समूहमा बाँडेर समूह चरणका खेल गराइएको थियो। हरेक समूहको विजेता टिमलाई नकआउट चरणबाट छानेर शीर्ष तीन टिमलाई सी डिभिजनका लागि छनोट गरिएको हो।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ