नुवाकोट – नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा निरन्तर बचत तथा ऋण सहकारी सँस्था लिमिटेडले आफ्ना ऋण शेयरहोल्डरहरुलाई सहुलियत दिएको छ ।
दुई वर्ष भाका नाघेका ऋण शेयरहोल्डरहरुलाई लक्षित गरि सो योजना असोज १७ गतेदेखि लागू गरिएको सहकारीका व्यवस्थापक राजकुमार नापितले बताए । सहकारीमा भुक्तानी गर्नुपर्ने जम्मा ऋणको साँवाको ब्याज र हर्जानाको ६० प्रतिशत तिरी बाँकी रहेको ऋण रकम नविकरण गरेमा सो कि सहुलियत ब्याजदरमा ११ प्रतिशत मात्र लिईने उनले बताए ।
यस्तै, ऋण नविकरण गरेको सेवा शुल्क ०.५ प्रतिशत लिईने जनाएको छ ।
यो योजनाको अवधि कार्तिक ३० गतेसम्म रहेको सहकारी जनाएको छ ।
प्रतिक्रिया