२०८१, १३ बैशाख बिहीबार

गंगटे पार्क उद्घाटन, नगरको सबै भूगोल देख्न सकिने

डबली खबर     आश्विन १८ २०७८ १५:०३

gangate park
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – विदुर नगरपालिका वडा नं ५ निबुवा डाँडामा निर्माण भएको गंगटे बाल तथा शान्ति पार्कको उद्घाटन गरिएको छ । सोमबार बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेले एक कार्यक्रमको बिच उद्घाटन गरेका हुन् ।

विदुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले प्रदेश सरकारमा विभिन्न किसिमका पार्क निर्माणका लागि भन्दै बजेट माग्ने तर निर्माण कार्य अन्योल हुने गरेकोमा यस पार्कले समयमा नै सहि नतिजा देखाएको बताए । साथै पार्कलाई सधै नगरपालिका र प्रदेश सरकारले संरक्षण गर्न नसक्ने भन्दै अब यसै पार्कलाई आम्दानीमुखी बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री मैनालीले जिल्लामा रहेका अन्य संरचनाहरु जस्तै यस पार्क पनि एक महत्वपूर्ण रहेको उनले बताए । प्रंदेश सरकारले खालि रहेका जग्गाको उपयोग गर्ने निति अगाडि बढाएको भन्दै उनले यस पार्कले पनि खेर गएको जग्गाको संरक्षण गर्दै उपयोग गरेकोमा खुसि व्यक्त गरे ।

नगरपालिकाका मेयर सञ्जु पण्डिले गङ्गटे पार्क नगरकै पहिचान हुनुको भएको बताए । हरेक उमेर समुहका व्यक्तिहरुको रोजाईमा यस पार्क पर्दै गएकोले यसले समग्र नगरको पर्यटन प्रवर्द्धनमा समेत सहयोग गरेको बताए ।

बागमती प्रदेश सरकार र विदुर नगरपालिकाको समपुरक अनुदान अन्तर्गत अहिलेसम्म करिब १ करोड ५० लाख रुपैंयाँमा खर्च भइसकेको वडाध्यक्ष शिवकुमार चित्रकारले बताए ।

हेलिप्याड, आधुनिक खुला व्यायाम, बाल उद्यान, विश्रामस्थल लगायत पार्कको विशेषता हो । पछिल्लो समय स्थानियहरुको मनोरञ्जनको मुख्य केन्द्र बनेको पार्क आकर्षणको केन्द्र बिन्दु भएको छ । यस पार्कबाट विदुर नगरपालिकाको सबै वडाको भूगोल देख्न सकिने छ ।

२०७६ जेष्ठ ६ गतेदेखि पार्कको निर्माण सुरु भएको थियो । पार्कको निर्माणकै चरणमा रहेको छ । जसले गर्दा पार्क प्रवेशमा कुनै पनि शुल्क नलिईएको जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top