२०८१, १२ बैशाख बुधबार

त्रिशुली अस्पतालमा पित्तथैली पत्थरीको शल्यक्रिया

डबली खबर     आश्विन १७ २०७८ ०७:१७

gallbladder surgery malpractice
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – त्रिशुली अस्पतालमा एकै दिन दुई बिरामीको सफल पित्तथैली पत्थरीको शल्यक्रिया भएको छ ।

शनिबार अस्पतालका जनरल सर्जन डाक्टर प्रेमप्रकाश पौडेल नेतृत्वको टिमले एकै दिन दुई जना बिरामीको पित्तथैलीको पत्थरीको शल्यक्रिया सम्पन्न गरेको हो ।

विगतका दिनहरुमा अन्य जनरल शल्यक्रिया गरिरहेकोमा त्रिशुली अस्पतालमा पहिलोपटक एकै दिन दुई जना बिरामीको पित्तथैलीको पत्थरीको शल्यक्रिया सफल भएको डा. पौडेलले बताए । चिकित्सकहरुको टोलीले एक जना बिरामीको डेढ घण्टा र अर्का बिरामीको सवा एक घण्टामा पित्तथैलीको शल्यक्रिया सम्पन्न गरिएको डा. पौडेलले बताए ।

त्रिशुली अस्पतालले असोज १६ गते शनिबारदेखि इन्डोस्कोपी सेवा पनि सुचारु गरिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले जानकारी दिए ।

अस्पतालमा एपेन्डिसाइटिस, हर्नीया, हाइड्रोसील लगायतका शल्यक्रिया हुदैं आईरहेको छ ।

के हो पित्तथैलीको पत्थरी ?

पित्तथैली (Gallbladder) पेटको दाँया भागमा माथिल्लोपट्टि कलेजोसँग टाँसिएको हुन्छ । यो ७ देखि १२ से.मि. लामो बेलुन आकारको हुन्छ । कलेजोले बनाएको पित्त (Bile) बग्दै यो थैलीजस्तो अंगमा आएर जम्मा हुने भएकोले यसलाई पित्तथैली भनिएको हो । पित्त नियमितरुपमा सीधै पनि नलीमार्फत सानो आन्द्रामा बगेर जाने गर्छ । एक दिनमा पाँच सयदेखि एक हजार एमएल जति पित्त कलेजोबाट निस्कन्छ ।

पित्तले खाना पचाउने कार्यमा मद्दत गर्छ । खाना नखाएको बेला कलेजोबाट आएको पित्त थैलीमा जम्मा हुन्छ । चिल्लोयुक्त खाना खाएको बेला अतिरिक्त पित्तको जरुरत पर्ने भएकोले पित्तथैलीमा जम्मा भएको पित्त निस्कन्छ । पित्तथैलीमा मुख्यतः पित्त मात्र हुने हो, तर कहिलेकाहीँ पित्त बन्ने तत्वहरुबाटै पत्थरी बनिदिन्छ र शरीरलाई दुःख दिने पनि गर्छ ।

पित्त विभिन्न तत्व मिलेर तरलरुपमा बनेको हुन्छ । त्यसमध्ये मुख्यतः पानी नै हो । साथै पित्त बन्नको लागि कोलेस्टेरोल, बाइल साल्ट, बाइल (बिलिरुबिन) र फोस्फोलिपिडको पनि आवश्यकता पर्छ । कुनै कारणले पित्त बन्ने यी पदार्थहरुको सन्तुलन बिग्रियो वा पित्त बन्ने प्रक्रियामा गडबडी भयो वा पित्तथैलीमा संक्रमण भयो वा पित्त बग्ने कार्यमा अवरोध आयो भने पित्तथैलीमा पत्थरी बन्न सक्छ । साथै सानो आन्द्राको अपरेसन गरेका व्यक्तिमा पनि पित्तथैलीको पत्थरी हुने सम्भावना हुन्छ ।

मुख्यतः पित्तथैलीको पत्थरी (Gallstones) कोलेस्टेरोल स्टोन र पिग्मेन्ट स्टोन गरी दुई खालको हुन्छ । पिग्मेन्ट स्टोन ब्लाक र ब्राउन दुई प्रकारको हुने भएकाले पित्तथैलीको पत्थरी तीन किसिमको हुन्छ भन्न पनि सकिन्छ । ब्राउन पिग्मेन्ट स्टोन विशेष गरी पित्तथैलीमा भन्दा पनि पित्त बग्ने नलीमा बढी बन्दछ । कोलेस्टेरोल पत्थरी हरियो तथा पहेँलो रङ्गको हुन्छ ।

पित्तथैलीको पत्थरी सामान्यतया धेरै फेस भएको चुच्चो–चुच्चो परेको केराउको दानाजस्तो हुन्छ । साथै कुनै–कुनै अन्य आकारप्रकारको र ठूलो साइजको पनि हुन्छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top