sujim bazar advert

पर्यटन व्यवसायीद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

सरस्वती न्याैपाने     अशोज १७, २०७८

Sizen Education Consultancy Pvt. Ltd.

health equipment handover to Rasuwa ward no 6
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot


रसुवा – हिमाली जिल्ला रसुवाका नौकुण्ड गाउँपालिकामा स्वस्थ्य सामाग्री हस्तान्तरण गरिएको छ।

रसुवा ट्रेक एण्ड एक्पिडिसनकाे पहलमा अमेरिकी संस्था डाइरेक्ट रिलिफ र माउन्टेन हार्ट नेपालकाे सहयाेगमा करिब १६ लाख रूपैयाँ बराबरकाे सामान एक्पिडिसनका प्रबन्ध निर्देशक बलराम न्याैपानेले काेभिड लगायत अन्य कारणले बिरामीलाई अक्सिजन अभाव हुन नदिन र बिरामीहरूलाई सहज हाेस भन्ने उदेश्यले उक्त स्वास्थ्य सामाग्री नाैकुण्ड गाउँपालिकाकाे वडा नम्बर ६ का वडाध्यक्ष धर्मबहादुर थाेक्रालाई हस्तान्तरण गरेका छन् ।

स्वस्थ्य उपकरणहरुमा अक्सिजन उत्पादन गर्ने अक्सिजन कन्सनट्रेटर ८ थान, भाेल्टेज रेगुलेटर ८ थान, पिपिई सेट १५ वटा र अक्सिमिटर ८ वटा रहेका छन् ।

हस्तान्तरित सामग्री बुझ्दै वडाध्यक्ष थाेक्राले तीन ओटा स्वास्थ्य चाैकि र अरू ५ वटा सामुदायिक स्वास्थ्य ईकाईलाई दाताले ताेके बमाेजिम सम्बन्धित स्वास्थ्य संस्थामा ती सामग्री पठाईने बताए ।

उपलब्ध भएकाे सामाग्रीले श्वासप्रश्वास भएका बिरामीलाई उपचारमा सहजता पार्ने वातावरण तयार भएकाे भन्दै स्थानीय हरूले खुसि व्यक्त गरेका छन् ।आगामी दिनहरूमा पनि यस्तै सहयाेग पाइरहने अपेक्षा उनीहरूले राखेका थिए।

पीपीई सेट र अक्सिमिटर प्रारम्भ सामाजिक संस्थाबाट प्राप्त भएको बताईएकाे छ ।

रसुवा जिल्लाको विभिन्न भेगमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा न्यौपाने दशकौँदेखि समाजसेवा गर्दै आइरहेका छन्। उनले स्वास्थ्य शिविर आयोजना गर्नेदेखि आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने लगायत अस्पताल बनाउने र रसुवामा विद्यालयहरु निर्माणमा जग्गा खरिद गर्नमा सहयोग पुर्याउदै आएका छन्।

आगामी दिनहरुमा पनि निरन्तर अन्तराष्ट्रिय दाताहरुको सहयोगमा समाजसेवामा लागिरहने उनले प्रतिबद्धता व्यक्त गरेका छन्।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top