+
Search

ताजा अपडेट +

पपुलर +

फोनपेको सेवा अवरुद्ध हुने

qrcode fonepay
डबली खबर
४ साल अगाडी

काठमाडौं – भुक्तानी प्रणाली सञ्चालक कम्पनी फोनपेको सेवा आज असोज १३ गते राति १० बजेदेखि भोलि बिहान ६ बजेसम्म बन्द हुने भएको छ । सिस्टम अपग्रेड गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने कम्पनीले जनाएको छ ।

फोनपेको हब अर्थात् युटिलिटी पेमेन्ट तथा क्यूआर पेमेन्ट सेवा अवरुद्ध हुनेछ । ‘यसबाट ग्राहकहरूमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ,’ कम्पनीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

भोलि बिहान ६ बजेपश्चात् कम्पनीका सबै सेवा पूर्ववत् रुपमा सुचारु हुने फोनपेले जनाएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ