विदुर – पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ५९ पुगेको छ ।
स्वास्थ्य कार्यालयको अनुसार मङ्गलबार पुरुष १ जना र महिला २ जना गरी कुल ३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
सङ्क्रमित हुनेमा ककनी गाउँपालिकाका २ जना र किस्पाङका १ जना नयाँ सक्रमित थपिएका हुन् ।
पछिल्लो तथ्यांकअनुसार तीन जनानै निको भएर घर फर्केका छन् भने हालसम्म ८ हजार ४१ जना कोरोनारोगबाट मुक्त भएका छन् ।
अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ८ हजार १४८ जना पुगेको छ भने ४८ जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया