२०७८, ११ कार्तिक बिहीबार

एकीकृत समाजवादीमा पदाधिकारी चयन

डबली खबर     आश्विन ७ २०७८ १८:०४

Madhav Unified Socialist
saarathi sahakari
tribhuwan trishuli secondary school admission open
bidur tax

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बिहिबार विभिन्न पदाधिकारी चयन गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको प्रथम केन्द्रीय कमिटीको बैठकले उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव चयन गरिएको हो । वरिष्ठ नेतामा झलनाथ खनाल र पार्टीको तेस्रो वरियतामा मुकुन्द न्यौपाने चयन भएका छन् ।

उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथप्रसाद साह, जयन्ती राई चयन भएका छन् । महासचिवमा डा.बेदुराम भूसाल, उपमहासचिवमा प्रकाश ज्वाला, डा.गंगालाल तुलाधर र डा.विजय पौडेल तथा सचिवहरुमा नागेन्द्रप्रसाद चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्री रहेका छन् ।

पार्टीमा ३५ सदस्यीय स्थायी कमिटी, ७१ सदस्यीय पोलिट्व्युरो र केन्द्रीय कमिटी सदस्य (पूर्ण र वैकल्पिक गरी) ३०१ सदस्यीय गठन गरिएको छ ।



Sani Chitrakar min


Bachchhaladevi Suppliers
Trishuli Web Design Services in Nuwakot
Nuwakot FM 106.8 MHz
Radio Langtang
Radio Sanjiwani

प्रतिक्रिया


Top