२०८१, १३ बैशाख बिहीबार

बिजुलीको बिल नतिर्ने नुवाकोटका ९८६ जना ग्राहक कालो सूचीमा

डबली खबर     भाद्र ३० २०७८ १९:२४

nea nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नेपाल विद्युत प्राधिकरणले नुवाकोटका ९८६ जना ग्राहकहरुले एक करोड १५ लाख ८१ हजार ९३४ रुपैँया बराबरको बिजुलीको महशुल नतिरेको देखाएको छ ।

मङ्गलबार प्राधिकरणले एक सुचना जारी गर्दै अधिराज्यभर बिजुली उपभोग गरी बिल भुक्तानी नगर्ने ग्राहकहरुको नामावली प्रकाशन गरेको हो ।

नेपाल विद्युत प्राधिकरणलाई वुझाउनुपर्ने विद्युत महशुलको रकम नबुझाई कालो सूचीमा परेका ग्राहकहरुको नाम, ठेगाना, रकमसहितको विवरण प्राधिकरणको वेबसाईटमा राखिएको छ । बिल भुक्तानी नगर्ने नुवाकोटका ग्राहकहरुको नामावली पेज नम्बर ३०५ देखि ३३२ नम्बरसम्म राखिएको छ ।

नुवाकोटका उद्योग, कलकारखाना, यूनाईटेड टेलिकम, साविकको गाविसको नाममा सरकारी कार्यालय, सहकारीलगायतले बिजुलीको बिल बक्यौता नतिरेको उल्लेख छ । प्राधिकरणकाअनुसार उद्योगतर्फ सबैभन्दा बढी छ लाख ७५ हजार ९७२ रुपैंयाँ र व्यतिगततर्फ सबैभन्दा कम ८५ रुपैंयाँ बराबरको बिजुलीको महशुल नतिरेको देखाईएको छ ।

कालो सूचीमा परेका ग्राहकहरुले नेपालराज्यभरी विद्युत सेवा लिएको भएमा लाईन काटी विद्युत सेवा बन्द गरीने तथा नयाँ विद्युत लाईन समेत नदिईने भएकोले प्रकाशन गरेको सूचिको विवरण हेरी त्यस्ता ग्राहकहरुले यथाशिघ्र विद्युत महशुल भुक्तानी गरी कालो सूचिबाट नाम हटाउन हुन प्राधिकरण अनुरोध गरेको छ ।

कालो सूचिमा रहेका ग्राहकहरुले महशुल रकम नबुझाएमा तीनपुस्ते नामसहितको विवरण राष्ट्रियस्तरको पत्रिकामा प्रकाशित गरिने जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top