२०८१, १४ बैशाख शुक्रबार

दशैंका लागि नयाँ नोट असोज ४ गतेदेखि सटही गर्न सकिने

डबली खबर     भाद्र २८ २०७८ १९:२३

nepali rupees new 2021
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – यसपटकको दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट सटहीका लागि तयारी पूरा गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार दशैका लागि बजारमा तीन अर्ब ६० करोड रुपैयाँ बराबरको नयाँ नोट पठाइएको छ ।

राष्ट्र बैंकले कमर्सियल बैंकलेहरुको मागका आधारमा करिब महिना दिनअघि नै बजारमा दशैंतिहार लक्षित नयाँ नोट पठाइएको जानकारी दिएको छ।

सर्वसाधारणले आगामी असोज ४ गतेदेखि मात्र नयाँ नोट सटही गर्न पाउने छन् । एक व्यक्तिले बढीमा १८ हजार ५०० रुपैयाँसम्म सटही गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले बताएको छ । बैंकका अनुसार दशैं एक व्यक्तिले रु ५,रु १०,रु २०,रु५० र रु१०० दरका एक एक गड्डीका दरले १८ हजार ५०० सम्म साट्न पाउने छन् ।

नोट सटहीका लागि काठमाडौंमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सात वटै प्रदेशको प्रादेशिक कार्यालय र कमर्सियल बैंकका सबै शाखाहरूबाट उपलब्ध गराइने बैंकले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top