sujim bazar advert

त्रिशुली अस्पतालमा आईसियु तालिम

डबली खबर     भदौ १२, २०७८

Sizen Education Consultancy Pvt. Ltd.

icu traning in trishuli hospital nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

नुवाकोट – अमेरिका नेपाल मेडिकल फाउन्डेसनको प्राविधिक सहयोगमा त्रिशुली अस्पतालको आईसियुमा कार्यरत चिकित्सक र नर्सहरुलाई भाद्र ११ र १२ गते दुई दिने आईसीयु तालिम सम्पन्न भएको छ ।

कोभिड-१९ को आउन सक्ने तेस्रो लहरको पुर्वतयारी स्वरुप उक्त तालिम सञ्चालन गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डन डा. दिपेन्द्र पाण्डेले जानकारी दिए । तालिमबाट १० जना मेडिकल अधिकृत चिकित्सक र १५ जना स्टाफ नर्सहरु लाभान्वित भएका छन् ।

तालिममा वीर अस्पतालका वरिष्ठ विशेषज्ञ डाक्टरहरु पुष्प पौडेल, पवन हमाल र विदुर बरालले सहजीकरण गरेका थिए।

यसअघि अस्पताललाई राष्ट्रिय अविस्कार केन्द्रबाट ५ वटा भेन्टिलेटर सहयोग स्वरुप प्राप्त भएको थियो ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top