विदुर – नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री अर्जुननरसिंह केसीले राजनैतिक दलभन्दा माथि रहेर सिङ्गै मानव समाजको हित र कल्याणको लागि मानवअधिकार, शान्ति, लोकतन्त्र र अहिंसा विश्वव्यापी स्वीकृत यी चार मानव अधिकारको स्तम्भलाई संरक्षण गर्नुपर्ने बताएका छन् ।
मानव अधिकार तथा शान्ति समाज नुवाकोटको १३ औं साधारणसभाको उदघाट्न गर्दै नेता केसीले भने “मानवअधिकार लोकतन्त्रसँग अनुन्यासित सम्बन्ध राख्दछ । जहाँ लोकतन्त्र र मानवअधिकारमाथि विश्वास राख्दछ त्यहाँ हिँसा हुँदैन । विगतमा देशमा हिँसाका घटना घटे, डरलाग्दो परिस्तिथि खडा भयो । हिँसाले हजारौ नागरिकहरुले ज्यान गुमाए, अरबौंको क्षति भए, शान्तिको लागि । तसर्थ शान्तिको विकल्प नरहेको र हिँसाको भविष्य हुदैन । जहाँ जीवन्त नागरिक समाज हुदैन, जहाँ अन्यायलाई अन्याय भयो भन्ने आँट नहुने नागरिक समाज हुदैन । सत्ता शक्ति देखिपछि सबै राजनैतिक ठिक बेठिक भन्दापनि पछि लाग्ने प्रवृत्ति रहेको भएकोले समाजबाट सत्य हराउँदै गएको छ । सत्य हराए समाजमा शान्ति हुदैन । सत्य हराए न्याय हुदैन ।”
समाज सुधारक युवाको काँधमा रहेको हुनाले भ्रष्ट समाज, ठुलोले सानोलाई गरिने शोषण, मानवीय भेदभाव लगायतका मानव अधिकार हननका गतिविधि हुन नदिन युवाहरुको शसक्त आवाज उठ्नु जरुरी रहेको बताए । ३३ केजी सुन काण्ड, वाईडबडी काण्ड, निर्मला पन्त, ओम्नी प्रकरण लगायतका घटनाहरुमा दोषीलाई कारवाही गर्न सरकारले उपप्रधानन्यायधिसको संयोजकत्वमा समिति गठन गरी निष्पक्ष, पारदर्शिता छानविन न्यायिक छानविन आयोग गठन गर्नुपर्ने प्रस्ताव राखेका छन् ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका आदिवासी जनजाती सचिव रामप्रसाद जोशीले विश्वका ठुला राष्ट्रहरुले गरेको आणविक अस्त्र भण्डारविरुद्ध समाजले आवाज उठान गर्दै आईरहेको बताए ।
कार्यक्रममा संविधान सदस्य राज्यलक्ष्मी श्रेष्ठ, सांसद हीरानाथ खतिवडा, अधिवक्ता सुरेन्द्रराज अधिकारी लगायतले मानव अधिकारकै आवरणमा समाजमा गरिने हिँसाको डटेरनै लड्नुपर्ने बताएका छन् ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज नुवाकोटका सभापति नारायण श्रेष्ठले जिल्लास्थित स्थानीय तह, सरकारी कार्यालय, सार्वजनिक सरोकार क्षेत्र लगायतबाट हुने मानव अधिकार सम्बन्धि घटित विषयलाई क्रमबद्ध रुपमा उठान गरिने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया